काठमाडौंलाई आज जित्नै पर्ने दबाब
पोखरा ( अनलाइन खेलखबर ) | ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ गोल्डेन वारियर्सलाई जारी पोखरा प्रिमियर लिग ( पीपीएल ) मा आज धनगढी ब्लुजबिरुद्द हुने खेलमा जित्नै पर्ने दबाब रहेको छ ।
यसअघिका दुई खेलमा लगातार पराजय ब्यहोरेको काठमाडौंलाई प्रतियोगितामा रहिरहन आज जित्नै पर्ने जरुरी रहेको छ ।
पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा जुन निकै रोमाञ्चक बनेको थियो । सुपर ओभरले निर्धारण गरेको खेलमा काठमाडौं बुटवलसँग पराजित हुन पुगेको थियो ।
सुरुवाती दुई खेल लगातार गुमाएको काठमाडौं अहिले अंकतालिकाको पुँछारमा समेत रहेको छ । यसअर्थमा प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जिवितै राख्न काठमाडौंलाई जित अति आबस्यक रहेको छ ।
यता दिपेन्द्र सिँह एरिको कप्तानीमा रहेको धनगढी ब्लुजले आज प्रतियोगिताको दोस्रो खेल खेल्दैछ ।
पहिलो खेलमा धनगढीले विराटनगरलाई ५ रनले पराजित गरेको थियो । र प्रतियोगिताको सुखद सुरुवात गरेको धनगढीले आज काठमाडौंबिरुद्द पनि आफ्नो लयलाई यथावत राख्ने प्रयासमा रहने छ ।
यि दुईबीचको खेल बिहान ९ बजेपछी पोखरा रंगशाला क्रिकेट मैदानमा हुनेछ ।