onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बाबर चम्किँदा पीपीएलमा चितवनको विजयी सुरुवात

पोखरा ( अनलाइन खेलखबर ) | बाबर हायतले अर्धशतकीय पारीको मद्दतमा पारस खडकाको कप्तानीमा रहेको चितवन राईनोजले पोखरा प्रिमियर लिग ( पीपीएल ) मा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा चितवनले जित हासिल गर्ने क्रममा साविकको विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्न सफल भयो ।

टिमलाई प्रतियोगितामा सुखद सुरुवात गर्ने क्रममा बाबर हायतको पारीले ठुलो भूमिका निर्वाह गरे । अविजित रहेका उनले ४१ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतमा ६५ रनको योगदान गरे ।

यस्तै टिमका लागि रोहन मुस्तफाले ११ तथा कप्तान पारस खडकाले ४ रन र सनि पटेलले अविजित रहदै ९ रन जोडे ।

बलिङतर्फ पोखराका रासिद खान र सर्वजित लड्डाले समान २/२ विकेट हात पारे ।

त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभर पुरै खेल्दै अलआउट हुदै १ सय ७ रन बनाएको थियो ।

टिमलाई शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनले ३ चौका र ३ नै छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै टिमका लागि कुशल मल्लले १३ रन तथा रवि ईन्दर सिह र रासीद खानले समान १०/१० रन बनाएका थिए ।

बलिङतर्फ चितवनका सनी पटेल , रोहन मुस्तफा र भुवन कार्कीले समान २/२ विकेट हात पारे भने बिक्रम शोब , करन केसी र कप्तान पारस खडकाले पनि १/१ विकेट लिन सफल भएका थिए ।

अब प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । जसमा दिनको पहिलो खेलमा काठमाडौले धनगढीको सामना गर्नेछ । भने दोस्रो खेलमा विराटनगरले पोखरासँग प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्