onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पीपीएलका प्रमुख दाबेदार आज भिड्दै

पोखरा ( अनलाइन खेलखबर )| दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत आज साविकको विजेता पोखरा पल्टनले चितवन राईनोजसँग खेल्दैछ ।

बिहान साढे ११ बजेपछी पोखरा रंगशाला क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली पोखरा दोस्रो जितको खोजिमा रहने छ ।

यसपटकको संस्करणमा पनि प्रतियोगिताको उपाधि दाबेदार समेत रहेको पोखराले प्रतियोगितामा आफ्नो उपस्थिति बलियो देखाई सकेको पनि छ ।

जसमा पोखराले आफ्नो पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो ।

यता पारस खड्काको नेतृत्वमा रहेको चितवन राईनोजले प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ ।

अघिल्लो संस्करणको फाइनलमा पोखरासँग पराजित भएको चितवन यसपटक उपाधि आफ्नो नाममा लेखाउँन जुटिरहेको छ ।

तुलनात्मक रुपमा हेर्दा पनि दुबै टिम यस संस्करणको प्रमुख दाबेदार समेत हुन । यसपटक पनि टिम निकै ससक्त समेत देखिएका छ्न ।

जसमा चितवनको खेल हेर्न बाकी रहेको छ । तर आजको यस खेलले बाकी समीकरण के होला भन्ने अनुमान लगाउँन भने मद्दत पुग्नेछ ।

र दुबै टिमलाई हेर्दा खेल पक्कै प्रतिष्पर्दात्मक बन्ने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्