onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सुपर ओभरमा बुटवल विजयी

पोखरा ( अनलाइन खेलखबर ) | ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन वारियर्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा लगातार दोस्रो हार व्यहोरेको छ ।

यसअघि पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा सोमबार सुपर ओभरमा गएको खेलमा वुटवल ब्लास्टर्ससँग पराजित हुन पुगेको छ

खेलमा काठमाडौंले दिएको १ सय ४१ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर समान १ सय ४० रनमा सिमित भएपछी खेल रोचक बनेको थियो |

जसमा सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको बुटवलले १३ रनको लक्ष्य दिएको थियो त्यसपछी काठमाडौं २ रनमा सिमित भएपछी खेल बुटबलले आफ्नो पक्षमा पार्न सफल भयो ।

सुपर ओभरअघि बुटवललाई प्रतियोगिताको पहिलो खेलमै जित दिलाउँने क्रममा हर्ष टोगले सर्वाधिक ४५ रनको योगदान गरे । २९ बलको सामना गरेका उनले ३ चौका र ३ नै छक्का प्रहार गर्दै उक्त पारी खेलेका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अफ्ताबुदिन अहमदले १४ तथा संङखर रानाले २० रनको योगदान गर्दा भिम सार्कीले १३ रन , सोमपाल कामीले ११ रन र सिभम सिहले अविजित रहदै ३२ रन बनाएका थिए ।


बलिङतर्फ बुटवलका सुशन भारी र सुबोध भाटीले समान २/२ विकेट लिएका थिए । भने सुर्य तामाङ र अमर सिह रौटेलाले पनि १/१ विकेट हात पारे ।

त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

खेलमा मध्यम सुरुवात गरेको काठमाडौंका ओपनर ब्याट्सम्यान जय किशन कोल्सावाला र सुवाश खकुरेलले सन्तोषजनक प्रदर्शन गर्दै पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।

५.६ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका सुबाशले १५ रन बनाए त्यसपछी गौरव तोमरलाई टिमले दोस्रो विकेटका रुपमा सस्तैमा गुमाउने क्रममा मात्र १ रनमा गुमाएको थियो ।

गौरव आउट भएपछी ओपनर ब्याट्सम्यान कोल्सावाला हरि बहादुर चौहानको बलमा सोमपाल कामीको बलमा क्याच आउट हुन पुगे ।

२४ बलमा ३ चौका र १ छक्काको मद्दतमा उनले २८ रनको योगदान गरे । भने कप्तान ज्ञानेन्द्र मल्लले १५ र आदील खानले पनि २३ रन थप्दा पवन सरार्फले अन्त्यतिर अविजित रहदै ३७ र अमर सिह रौटेलाले पनि १४ रनमा अविजित रहेपछी टिम ठुलो योफफल खडा गरेको थियो ।

बलिङतर्फ बुटवलका नितेश थापाले २ तथा अविनाश बोहरा र हरि बहादुर चौहानले समान १/१ विकेट हात पारे ।

अब प्रतियोगितामा भोलि(मंगलबार ) पोखरा पल्टन र चितवन राईनोज भिड्ने छन । खेल बिहान साढे ११ बजेपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्