onlinekhelkhabar.com

Complete website for Nepali Sports News

काठमाडौंद्वारा बुटवलसामू ठुलो लक्ष्य प्रस्तुत

पोखरा ( अनलाइन खेलखबर ) | पोखरामा जारी नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिताको पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा अहिले ज्ञानेन्द्र मल्लको काठमाडौंले सोमपाल कामीको बुटवल ब्लास्टर्सको सामना गरिरहेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ४० रन बनाएको छ ।

खेलमा मध्यम सुरुवात गरेको काठमाडौंका ओपनर ब्याट्सम्यान जय किशन कोल्सावाला र सुवाश खकुरेलले सन्तोषजनक प्रदर्शन गर्दै पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।

५.६ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका सुबाशले १५ रन बनाए त्यसपछी गौरव तोमरलाई टिमले दोस्रो विकेटका रुपमा सस्तैमा गुमाउने क्रममा मात्र १ रन मा गुमायो ।

गौरव आउट भएपछी ओपनर ब्याट्सम्यान कोल्सावाला हरि बहादुर चौहानको बलमा सोमपाल कामीको बलमा क्याच आउट हुन पुगे । २४ बलमा ३ चौका र १ छक्काको मद्दतमा उनले २८ रनको योगदान गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १५ र आदील खानले पनि २३ रन थप्दा पवन सरार्फले अन्त्यतिर अविजित रहदै ३७ र अमर सिह रौटेलाले पनि १४ रनमा अविजित रहे ।

बलिङतर्फ बुटवलका नितेश थापाले २ तथा अविनाश बोहरा र हरि बहादुर चौहानले समान १/१ विकेट हात पारे ।

अहिले काठमाण्डौले दिएको १ सय ४१ रनको विजयी चुनौतीलाई पछ्याउदै बुटवलले जवाफी ब्याटिङ गरिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *