पीपीएल : आज दुई खेल हुँदै , काठमाडौंलाई जित्नै पर्ने दबाब
पोखरा ( अनलाइन खेलखबर ) | पर्यटकीय शहर पोखरामा जारी नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत आज दोस्रो दिन दुई खेल हुँदैछ ।
दिनको पहिलो खेलमा दीपेन्द्र सिँह एरिको धनगढी ब्लुजले प्रदिप एरिको बिराटनगर टाईटन्ससँग प्रतिष्पर्दा गर्नेछ ।
खेल बिहान ९ बजेपछी पोखरा रंगशाला क्रिकेट मैदानमा हुनेछ ।
यस्तै दिउँसो पौने १ बजे दिनको दोस्रो खेलमा काठमाडौंले बुटवल ब्लास्टर्सको सामना गर्नेछ ।
यसअघि पहिलो खेलमा साविकको विजेता पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडौंलाई प्रतियोगितामा रहिरहन आजको खेलमा काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।
यता सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले पनि प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।