onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पिपीएल आजबाट : उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको पर्यटकीय शहर पोखरामा आज देखि नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपीएल) को दोस्रो संस्करण सुरु हुँदैछ ।

प्रतियोगिता शनिबारबाट सुरु हुने भनिएको भएता पनि प्रतिकुल मौसमका कारण खेललाई एक दिन अर्को धकल्न आयोजक बाध्य भएको हो ।

प्रतियोगिताको उद्घाटनको पुर्व-सन्धामा पोखरासहित मुलुकभर ब्यापक रुपमा परेको वर्षाले गर्दा खेल एक दिन पर सरेको भएपनी आज आईतबारबाट भने प्रतियोगिता सुरु हुन गईरहेको छ ।

यसअघिको पहिलो संस्करण निकै सभ्य र भब्य तरिकाले सम्पन्न गरेको आयोजक क्विन्स इभेन्ट्सले यसपाली पनि प्रतियोगितालाई अझ ब्यापक गर्ने सोचमा रहेको छ ।

प्रतियोगितामा नेपालको मुख्य ६ शहरको नाममा रहेका फेन्चाईज टिमको सहभागिता रहने छ ।

जसमा पोखरा पल्टन ,बिराटनगर टाईटन्स,काठमाडौँ गोल्डेन्स वारियर्स,बुटवल ब्लास्टर्स,धनगढी ब्लुज र चितवन राइनोज रहेका छ्न ।

यता आज बिहान साढे ११ बजेपछी हुने प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्