onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अन्तिम टि-ट्वान्टीमा भारतको शानदार जित : जितसँगै सिरिज भारतको पक्षमा

एजेन्सी – घरेलु टिम भारतले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ ।

बुधबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली वेष्ट इण्डिजलाई ६७ रनले पराजित गरेसँगै भारतले सिरिजलाई २-१ ले जितेको हो ।

खेलमा भारतले दिएको २ सय ४१ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ७३ रनमा मात्र सिमित भएपछी खेल भारतले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

वेष्ट इण्डिजका लागि पोलार्डले सर्वाधिक ६८ रनको पारी खेल्दा शिम्रन हिटमेयरले ४१ रन बनाएपनी अन्य खेलाडीबाट उलेख्य साथ नपाउँदा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ भारतका दिपक चाहर, भुवनेश्वर कुमार, मोहम्मद शामी र कुलदीप यादबले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि मुम्बईस्थित वान्खडे क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले बिशाल योगफल खडा गर्ने क्रममा निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

भारतले बिशाल योगफल खडा गर्ने क्रममा लोकेश राहुलले सर्बाधिक ९१ रनको पारी खेले । ५६ बलको सामना गरेका उनले ९ चौका र ४ चौकाको मद्दतमा उक्त रन बनाए ।

यस्तै अर्का ओपनर ब्याट्सम्यान रोहित शर्माले ७१ रन बनाउँदा कप्तान विराट कोहलीले कप्तानी पारी खेले । जसमा मात्र २९ बलको सामना गरेका विराटले ४ चौका र ७ छक्काको मद्दतमा अविजित रहदै ७० रन बनाए ।

सिरिज अन्तर्गत भारतले पहिलो खेलमा वेष्ट इण्डिजलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा भने वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको थियो ।

अब यी दुई टिमबीच ३ खेलको एकदिवसीय सिरिज हुनेछ । जसअन्तर्गत पहिलो खेल आईतबार चेन्नईमा हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *