onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पिपीएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेलमा पोखरा र काठमाडौं भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर )|मंसिर २८ गतेबाट नेपालको पर्यटकीय शहर पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपीएल) खेल तालिका सार्वजनिक भएको छ ।

बुधबार आयोजक क्विन्स इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सको सामना गर्ने भएको छ ।

शनिवारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल बिहान ११ बजेपछि सुरु हुने खेलतालिकामा रहेको छ ।

पहिलो संस्करण सभ्य र भब्य तरिकाले सम्पन्न भएको पिपीएलमा यसपटक पनि ६ टिमको सहभागी हुनेछ ।

जसमा पोखरा पल्टन ,बिराटनगर टाईटन्स,काठमाडौँ गोल्डेन्स वारियर्स,बुटवल ब्लास्टर्स,धनगढी ब्लुज र चितवन राइनोज रहेका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *