ग्रेट क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने

ग्रेट क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडेमी वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले बंगलादेश भ्रमण गर्ने भएको छ ।

एकेडेमीले बंगलादेश भ्रमणका क्रममा त्यहाँ आउँदो डिसेम्बर ९ देखि १६ तारिखसम्म हुने योङ ट्यालेन्ट नेपाल – बंगला क्रिकेट प्रतियोगितामा सहभागी जनाउँने छ ।

प्रतियोगितामा ४० ओभर र टि – ट्वान्टी खेल हुने जसमा यु -१९ का खेलाडीहरुले सहभागी जनाउने छन ।

यसअघि ग्रेट हिमालयले बंगलादेशमा चार पटक, भारतमा तिन पटक र युएईको दुवईमा दुई पटक सफल भ्रमण गरि सकेको यस एकेडेमिले नियमित प्रशिक्षण, प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडिहरुको प्रतिभा निखार्ने काम सफलतापुर्वक गर्दै आएको छ ।

यसबीचमा बंगलादेश जाने एकेडेमीको टोलीलाई अर्चिड ईन्टरनेशनल कलेजका निर्देशक विदुर दाहाल र काठमाडौँ महानगरपालिका ९ नं. वडाका वडा सदस्य राम राईले खेलाडिहरुलाई विदाई गरेका थिए ।

टोलीमा कप्तान अमित खडका रहेका छन । उनिसँगै डीकेन्द्र शाह , सुबाश शर्मा , निखिल यादव , अनुरोध पन्त , सन्जोग घिमिरे ,सन्देश शर्मा बस्याल , पासाङ दोर्जे शेर्पा , रविन भट्टराई , ईशान श्रेष्ठ ,अमित ढकाल र कृष्ण गुप्ता रहेका छन । यस्तै टिमलाई सुदिप शर्माले प्रशिक्षण गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *