पुरुष क्रिकेटतर्फ श्रीलंकाद्वारा बंगलादेश पराजित

पुरुष क्रिकेटतर्फ श्रीलंकाद्वारा बंगलादेश पराजित

काठमाडौं ( अनलाइन खेलखबर )| दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटतर्फ श्रीलंकाले लिगको अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेको छ ।

आईतबार किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा श्रीलंकाले जित हासिल गर्ने क्रममा बंगलादेश लाई ९ विकेटले पराजित गर्न सफल भएको थियो ।

अब श्रीलंका र बंगलादेशनै फाइनलमा सोमबार भिडदै छन भने आयोजक नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग सोमबारनै खेल्नेछ ।
खेलमा बंगलादेशले प्रस्तुत गरेको १सय ५१ रनको विजयी चुनौतीलाई श्रीलंकाले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर भेटाएको थियो ।

श्रीलंकालाई स्वर्ण दिलाउने क्रममा पाथुम निशान्का र लसिथले अविजित रहदै क्रमश : ६७ र ७३ रनको योगदान गरेपछि श्रीलंकाले बंगलादेशमाथि सहज जित हासिल गरेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

बंगलादेशका लागि यासिर अलिले ५१ तथा महिदुल ईस्लामले ४४ रनको योगदान गरे त्यसबाहेक जाकिर हसनले २० रन बनाउनु बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिमले सम्मानजनक स्कोरतर्फ पुगेको थियो ।

बलिङतर्फ श्रीलंकाका असिथा फ्रेंनाडोले २ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *