महिला क्रिकेटमा नेपाललाई कास्य पदक

महिला क्रिकेटमा नेपाललाई कास्य पदक

काठमाडौं ( अनलाइन खेलखबर )| १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटतर्फ नेपालले कास्य पदकका जित्न सफल भएको छ ।

शनिबार पोखरास्थित पोखरा रंगशालामा तेस्रो स्थान( कास्य पदक ) का लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई शानदार जित हासिल गर्ने क्रममा १० विकेटले पराजित गर्न सफल भएको थियो ।

खेलमा माल्दिभ्सले दिएको मात्र ९ रनको विजयी चुनौतिलाई नेपालले मात्र १.१ ओभरमा भेटाएको थियो । नेपालको जितमा ओपनर रोमा थापाले ५ तथा काजल श्रेष्ठ २ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको माल्दिभ्स नेपाली बलरसामु निकै निरिह सावित हुँदा मात्र ८ रन बनाउन सफल भयो । जसमा ७ रन अतिरिक्त रन रहेको थियो ।

माल्दिभ्सको ब्याटिङ ध्वस्त पार्ने क्रममा अन्जली चन्दले सर्बाधिक ४ विकेट हात् पारिन । भने सिता राना मगर र कप्तान रुविना क्षेत्रीले समान २/२ विकेट हात पारे । भने सुमन खतिवडा र करुणा भण्डारीले पनि १/१ विकेट हात पारे ।

त्यसअघि लिग चरणमा भेट हुँदा पनि नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । जसमा नेपालले माल्दिभ्सले दिएको १७ रनको लक्ष्यलाई मात्र पाँच बलमा पूरा गरेको थियो ।

यता सागको महिलातर्फ स्वर्णका लागि बंगलादेश र श्रीलंका भिड्ने छन | यो खेल आईतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *