बंगलादेशबिरुद्द नेपाल टस जितेर बलिङमा

बंगलादेशबिरुद्द नेपाल टस जितेर बलिङमा

काठमाडौं ( अनलाइन खेलखबर )| १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले अहिले बलियो बंगलादेशसँग भिड्दै छ ।

भर्खरै किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपालले टस जितेर बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

आजको खेलमा जितेको खण्डमा मात्र नेपालको फाइनल पुग्ने सम्भावना बढेर आउँंने छ । तर पराजित भएमा नेपालले कास्य पदकका लागि प्रतिष्पर्दा गर्नेछ ।

यसअघि नेपालले ३ खेलमा पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित हुँदा त्यसपछिका दुई खेलमा लगातार जित हासिल गर्ने क्रममा दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गरेको थियो । भने तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको थियो ।

यता प्रतियोगिताको सबैभन्दा बलियो बंगलादेश अपराजित रहदै आएको छ । बंगलादेशले अहिलेसम्म माल्दिभ्सलाई १ सय ९ रनले पराजित गर्दा दोस्रो खेलमा भुटानलाई १० विकेटले पराजित गरेको छ ।

अब बंगलादेशले नेपालपछि श्रीलंकासँग खेल्न बाकी रहेको छ । र अहिले अंकतालिकामा श्रीलंका ३ खेलबाट ६ अंकसहित पहिलो स्थानमा रहेको छ ।

भने दोस्रोमा २ खेलबाट ४ अंकसहित बंगलादेश रहेको छ । भने नेपाल ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगिताको प्राबधान अनुसार अंकतालिकाको शीर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *