वेस्ट ईण्डिजले दियो भारतलाई २०८ रनको विजयी लक्ष्य

वेस्ट ईण्डिजले दियो भारतलाई २०८ रनको विजयी लक्ष्य

काठमाडौं ( अनलाइन खेलखबर ) | भारत भ्रमणमा रहेको वेस्ट ईण्डिजबीचको पहिलो टि – ट्वान्टी खेलमा पाहुना टोलीवेस्ट ईण्डिजले भारतसामू २ सय ८ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।

हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली वेस्ट ईण्डिजले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा २ सय ७ रन बनाएको छ ।

वेस्ट ईण्डिजका लागि शिमरोन हेटिमर र किरोन पोलार्डले महत्वपूर्ण पारी खेले । यि दुई बिच ७१ रनको साझेदारी हुन पुगेको थियो ।

चौथो विकेटका रुपमा पभेलियन फर्किएका शिमरोनले अर्धशतकिय पारी खेले । ४१ बलको सामना गरेका उनले २ चौका र ४ छ्क्काको मद्द्तमा ५६ रनको योगदान गरे ।

यस्तै पोलार्डले ३७ रन बनाए । त्यसअघि ईभिन लुईसले पनि ४० रनको योगदान गरेका थिए । भने ब्राडेन किगले ३१ रनको पारी खेलेका थिए ।

यस्तै अन्त्यतिर अबिजित रहेका होल्डरले २४ तथा दिनेश रामदिनले ११ रन जोडेपछि वेस्ट ईण्डिजले भारतसामु बिशाल योगफल खडा गरेको हो ।

बलिङतर्फ भारतका युजभेन्द्र चाहरले २ तथा वासिङटन सुन्दर ,दिपक चाहर र रविन्द्र जडेजाले समान १/१ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *