साग क्रिकेट : नेपालको लगातार दोस्रो जित

साग क्रिकेट : नेपालको लगातार दोस्रो जित

काठमाडौं ( अनलाइन खेलखबर )| १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले लगातार दोस्रो जित हासिल गर्ने क्रममा शुक्रबार माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

खेलमा नेपालले दिएको १ सय ६४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभर पुरै खेलेको भएपनी ६ विकेटको क्षतिमा ७९ रन मात्र बनाउन सफल भयो ।

नेपालको कसिलो बलिङतर्फ माल्दिभ्सका ओपनर ब्याट्सम्यान मोहम्मद रिजवान र अलि ईभानले दोहोरो रन जोडन बाहेक अन्यबाट निराशाजनक प्रदर्सन हुन पुग्दा टिमले फराकिलो हार ब्यहोर्न बाध्य भयो ।

रिजवानले १३ रन बनाउँदा अलिले ११ रन जोडेन सफल भए ।

कमजोर माल्दिभ्सबिरुद्द उनिहरुको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुशन भारी र ललित राजबम्शिले समान २/२ विकेट लिए भने पवन सरार्फले पनि १ विकेट चटकाए ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो ।

नेपालका लागी करन केसिले सर्बाधिक ४० रनको पारी खेले । अबिजित रहेका करनले आक्रमक पारी खेल्ने क्रममा मात्र १६ बलमा २ चौका र ४ छ्क्काको मद्दतमा उक्त रन बनाउन सफल भएका थिए ।

यस्तै उप – कप्तान दिपेन्द्र सिँह एरि ३६ बलको सामना गर्दै २ चौकाको मद्तमा ३९ रन बनाउँदा ओपनरद्रय पारस खड्काले ११ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले १९ र मोहम्मद आरिफ शेखले १९ रन जोडे ।

त्यसपछि रोहित कुमार पौडेलले १० रन बनाउँदा बिनोद भण्डारीले १९ रन थपे ।

बलिङतर्फ माल्दिभ्सका लिम सफिजले सर्वाधिक ३ विकेट हात पारे ।

अब नेपालले लिगको अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्नेछ । अहिलेसम्म नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई १ सय ४१ रनले पराजित गरेको थियो ।

प्रतियोगिताको प्राबधान अनुसार लिगको शीर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न । जसका लागी नेपालको झिनो सम्भावना अझै जिवितै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *