माल्दिभ्सबिरुद्ध नेपालको औशत ब्याटिङमा करन केसीको आक्रमक शैली
काठमाडौं ( अनलाइन खेलखबर )| १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटतर्फ अहिले नेपालले माल्दिभ्सको सामना गरिरहेको छ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको छ ।
नेपालका लागी करन केसिले सर्बाधिक ४० रनको पारी खेले । अबिजित रहेका करनले आक्रमक पारी खेल्ने क्रममा मात्र १६ बलमा २ चौका र ४ छ्क्काको मद्दतमा उक्त रन बनाउन सफल भए ।
यस्तै उप – कप्तान दिपेन्द्र सिँह एरि ३६ बलको सामना गर्दै २ चौकाको मद्तमा ३९ रन बनाउँदा ओपनरद्रय पारस खड्काले ११ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले १९ र मोहम्मद आरिफ शेखले १९ रन जोडे ।
त्यसपछि रोहित कुमार पौडेलले १० रन बनाउँदा बिनोद भण्डारीले १९ रन थपे ।
बलिङतर्फ माल्दिभ्सका लिम सफिजले सर्वाधिक ३ विकेट हात पारे ।