onlinekhelkhabar.com

Complete website for Nepali Sports News

स्वर्ण जित्ने सपना बुनेको नेपाल कास्य पदकका लागि माल्दिभ्ससँग भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदकका लागी माल्दिभ्ससँग भिड्ने भएको छ ।

शुक्रबार भएको खेलमा नेपाल बलियो श्रीलंका सँग ४१ रनले पराजित भएसँगै नेपालको फाइनल पुग्ने र स्वर्ण जित्ने सपना समाप्त भएको हो ।

अब ४ टिमको मात्र सहभागिता रहेको साग महिलातर्फ तेस्रोस्थान ( कास्य पदक )का लागि नेपालले माल्दिभ्ससँग शनिबार खेल्नेछ । यस्तै स्वर्णका लागी बंगलादेश र श्रीलंका भिड्ने छ्न ।

यता आज भएको निकै महत्वपूर्ण खेलमा श्रीलंकाले दिएको १ सय १९ रनको विजयी चुनौती पछ्याएको नेपाल २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ७७ रनमा सिमित भएपछी खेल श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो ।

नेपालका लागी कप्तान रुविना क्षेत्रीले सर्बाधिक १९ रन , कविता कुँवरले १३ रन तथा करुणा भण्डारीले १२ र अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीबाट उल्लेख्य योगदान हुन नसक्दा टिम दोस्रो हार ब्यहोर्न बाध्य भयो ।

त्यसअघि पोखरास्थित पोखरा रंगशाला मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

नेपालविरुद्द मध्यम लक्ष्य बनाउँने क्रममा श्रीलंकाका लिनिनी अप्सराले सर्बाधिक ३७ रनको योगदान गरिन । २७ बलको सामना गरेकी उनले ५ चौकाको मद्दतमा उक्त स्कोर बनाउँन सफल भईन ।

यस्तै जानदि अनालीले पनि ३५ तथा सथ्या सन्दिपालीले २२ रन बनाएपछी टिम मध्यम योगफलतर्फ पुगेको हो ।

बलिङतर्फ नेपालकी सोनु खड्का र सरस्वती कुमारीले समान २/२ तथा अन्जली चन्दले १ विकेट हात पारिन ।

प्रतिक्रिया दिनुहोस्