तेस्रो खेलमा नेपालले आज कमजोर माल्दिभ्ससँग खेल्दै !

तेस्रो खेलमा नेपालले आज कमजोर माल्दिभ्ससँग खेल्दै !

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज आफ्नो तेस्रो खेलमा कमजोर माल्दिभ्ससँग प्रतिष्पर्दा गर्दैछ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजेपछी हुने खेलमा नेपाल माल्दिभ्समाथि फराकिलो जित हासिल गर्न चाहन्छ ।

जुन स्वाभाविक समेत हो । क्रिकेटमा विस्तारै कदम चाल्दै गरेको माल्दिभ्सलाई नेपाल जस्तो एसोसियटकै उच्च टोलीसँग खेल्न पनि ठुलो कुरा हो ।

जसबाट माल्दिभ्सले ठुलो अवसरको रुपमा लिएको छ । नतिजा त आफ्नो ठाउँमा छदै छ त्यसभन्दा पनि माल्दिभ्सलाई यो खेल अनुभव बटुल्न राम्रो माध्यम बन्न सक्छ ।

यसअघि माल्दिभ्स पहिलो खेलमा बंगलादेश यु -२३ सँग १ सय ९ रनले पराजित हुन पुगेको थियो भने श्रीलंका यु -२३ सँग ९८ रनले पराजित हुन पुगेको थियो ।

यता नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएपनी दोस्रो खेलमा भने नेपालले भुटानलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा १ सय ४१ रनले पराजित गरेको थियो ।

नेपाललाई अब फाइनल पुग्न आजको खेल र भोलि(बंगलादेश ) सँगको खेल जसरी पनि जित्नै पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *