अन्तराष्ट्रिय खेलमा , दर्शकहरुको न्यून उपस्थिति : समर्थकहरु भन्छ्न ` टिकट महंगो भयो ´
शलमान शाह ( अनलाइन खेलखबर ) | किर्तिपुरस्थित नेपालको एकमात्र अन्तराष्ट्रिय क्रिकेट मैदान त्रिवी क्रिकेट मैदानमा अहिले दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गतका पुरुष क्रिकेटका खेलहरु चलिरहेका छन ।
जसमध्य प्रतियोगिता पनि मध्य मध्यतर्फ आईपुगेको छ । जसमा आयोजक नेपालले पनि हालसम्म दुई खेल खेलिसकेको छ । जसमध्ये एक खेलमा नेपाल पराजित हुँदा दोस्रो खेलमा भने नेपालले कमजोर भुटानलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ ।
पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको नेपालले भुटानलाई पराजित गर्दै फाइनल पुग्ने झिनो सम्भावना पनि जिवितै राख्दै गर्दा टिमले भने दोस्रो खेल अर्थात भुटानसँग घरेलु दर्शकहरुबाट राम्रो साथ पाउन सकेन ।
यो स्तरको अझ पछिल्लो समयमा घरेलु लिगहरुमा समेत दर्शकहरुबाट राम्रो साथ पाईरहेको अबस्थामा अन्तराष्ट्रिय खेलमा नेपालले बिहिबार औलामा गर्ने दर्शक पाउँदा आफैमा सोचनीय विषय बनेको छ ।
भुटानसँगको खेलमा नेपालले लगभग १ सय जति जुन औलाले समेत गर्न सहज थियो । मैदानको अवस्थालाई चित्रण गर्दा दर्शकभन्दा सुरक्षाकर्मी धेरै भएको आबास हुन्थ्यो ।
पछिल्लो समय अन्तराष्ट्रिय खेलमा राम्रो साथ पाउने नेपालले भुटानसँग किन दर्शक पाएँन त्यसका कारण धेरै हुन् सक्छन । जस मध्य मुख्यत टिकटको मूल्य नै हुन् सक्छ ।
बिशेषत दर्शकहरुले खेल मुल्य धेरै भएको गुनासो गर्दै आएका छन । आज खेलका दौरान पनि मैदान बाहिर दर्शकको एक हुलले खेलको मूल्य धेरै भएको भन्दै चर्को स्वरमा मुल्य घटाउन आग्रह गर्दै आवाज उठाएका थिए ।
उनिहरुमा सबैको आशय थियो टिकट मुल्य धेरै भयो जसले गर्दा खेल हेर्न गाह्रो परिरहेको अबस्था छ ।
बिशेषत् टियुमा खेल हेर्न किर्तिपुरस्थित विश्वबिधालयका बिद्यार्थीहरुको पनि उलेख्य उपस्थित रहने गर्छ यस्तोमा टिकट मूल्य धेरै भएमा खेल हेर्न गाह्रो पक्कै हुने गर्छ ।
त्यसको प्रभाव आजको खेलमा पनि देखियो । तर यो मात्र पनि होईन अघिल्लो खेलमा जुन श्रीलंकासँग नेपाल खेलेको थियो त्यस खेलको नतिजाले पनि अर्थ राख्न सक्छ ।
यस्तै आजको प्रतिद्वन्दी भुटान आफैमा कमजोर टिम भएको हुँदा पनि नेपालको सहज जित पक्का नै रहेको थियो । जसमा दर्शकहरुका लागि पनि रोमाचकता पनि थप्ने कुरै भएन , खेल हेर्न किन जाने जसमा रोमान्चक नै छैन ।
यो कुरा पनि धेरैमा लागु हुन् सक्छ । तर आज नभएपनि अघिल्लो श्रीलंकासँगको खेलमा नेपालले टिकट मूल्य ३ सय नै भएको अबस्थामा पनि राम्रो साथ पाएको थियो ।
कुनै अबस्था यस्तो पनि थियो जहाँ निशुल्क हुँदापनि खेल हेर्न दर्शक मैदान पुग्दैनन थिए तर जब जब नेपालले क्रिकेटमा प्रगती गर्दै गयो त्यसपछी अहिले नेपालको लोकप्रिय खेलका रुपमा क्रिकेट अग्रपन्तीमा समेत रहेको छ ।
खेल लोकप्रिय हुनु भनेको दर्शकको लोभलाग्दो साथ पाउनु हो । त्यसमा नेपालले सदैभ साथ् पाउँदै आएको छ । दर्शकहरु पैसा तिरेर खेल हेर्न थालेका छन । अन्तराष्ट्रिय मात्र होईन अहिले त विभिन्न घरेलु लिगमा समेत पैसा तिरेर खेल्न हेर्ने माहोल बनिसकेको छ ।
क्रमश नेपाली क्रिकेटपनि ब्यबसाहिक समेत बनेको छ । जुन खेलका लागि आफैमा सकारात्मक समेत हुन् आउँछ । तर यसपटक यो स्तरको खेलमा यो मूल्य अलिकति धेरै नै भएको धेरै क्रिकेट बिज्ञ समेत बताउने गर्छन ।
यसैलाई मध्ये नजर गर्दै क्रिकेट टिकट ब्यबस्थापन हेर्दै आएको नेपालय ईन्टरनेशनलले टियु केन्दीय विभागमा अध्ययनरत बिद्यार्थीलाई आधा छुट दिने घोषणा गरेको छ ।
बिहिबार भएको भुटान पछीको खेलपछी हामिसँग कुराकानी गर्ने क्रममा नेपालयका अध्यक्ष सुवाश प्रधानले बिधार्थीलाई मध्यनजर गर्दै ५० प्रतिशत छुट दिने बताएका छन । अब टियुमा पढ्ने बिद्यार्थीले अब मात्र १ सय ५० मा खेल हेर्न सक्ने छन ।
जसका लागि उनले टिकट लिने क्रममा परिचय पत्र अनिवार्य चाहिने बताएका छन । यसले गर्दा स्थानीय बिद्यार्थीलाई केहि राहत भने पक्कै मिलेको छ ।
अब प्रतियोगितामा नेपालले तेस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ ।