भुटानमाथि नेपालको फराकिलो जित

भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत नेपालले पहिलो जित हासिल गर्ने क्रममा नेपालले कमजोर भुटानमाथि १ सय ४१ रनले पराजित गरेको छ ।

बिहिबार भएको खेलमा नेपालले दिएको २ सय ३७ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ९५ रन बनाउन सफल भयो ।

बलियो नेपालसँग भुटानका रनजंग मिलको दोर्जीले सर्बाधिक २७ रनको योगदान गरे भने सोनम तोब्गेले १५ रनको पारी खेलेका थिए ।

बलिङतर्फ नेपालका पारस खडकाले २ तथा करन केसी, ललित राजबम्शी र पवन सरार्फले समान १/१ विकेट हात पारे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर कीर्तिमानी स्कोर बनाउने क्रममा २ सय ३६ रनको योगफल खडा गरेको थियो ।

कमजोर भुटानविरद्द नेपाललाई ठुलो स्कोरसम्म पुर्याउन कप्तान मल्ल र पारस खडकाले महत्वपूर्ण पारी खेले ।

पहिलो विकेटका रुपमा पभेलियन फर्किएका पारसले पहिलो विकेटका लागि कप्तान मल्लसँग १ सय ८ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.२ ओभरमा आउट हुन पुगेका पारसले २८ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए । त्यसपछी रोहितले भने ६ रन बनाएर क्याच आउट हुन् पुग्दा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका थिए ।

५५ बलको सामना गरेका मल्लले ५ चौका र ९ छक्काको मद्दतमा १ सय ७ रनको योगदान गरेपछि टि -ट्वान्टी अन्तराष्ट्रियमा नेपालले अहिलेसम्मकै सर्बाधिक ठुलो स्कोर खडा गरेको छ ।

यस्तै दिपेन्द्र सिह एरि ४५ र मोहम्मद आरिफ शेख ४ रनमा अविजित रहे ।

बलिङतर्फ भुटानका कर्मा दोर्जेले २ तथा तोम्वेन सिंगेले १ विकेट हात पारे ।

अब नेपालले आफ्नो तेस्रो खेलमा भोलि( शुक्रबार ) माल्दिभ्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *