onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कप्तान ज्ञानेन्द्रको शतकीय पारीमा भुटानबिरुद्द नेपालको कीर्तिमानी योगफल

काठमाडौं ( अनलाइन खेलखबर ) | कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीको मद्दतमा नेपालले भुटानमाथि बिशाल योगफल खडा गर्न सफल भएको छ ।

किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेटमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर कीर्तिमानी स्कोर बनाउने क्रममा २ सय ३६ रनको योगफल खडा गरेको छ ।

कमजोर भुटानविरद्द नेपाललाई ठुलो स्कोरसम्म पुर्याउन कप्तान मल्ल र पारस खडकाले महत्वपूर्ण पारी खेले ।

पहिलो विकेटका रुपमा पभेलियन फर्किएका पारसले पहिलो विकेटका लागि कप्तान मल्लसँग १ सय ८ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.२ ओभरमा आउट हुन पुगेका पारसले २८ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए । त्यसपछी रोहितले भने ६ रन बनाएर क्याच आउट हुन् पुग्दा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका थिए ।

५५ बलको सामना गरेका मल्लले ५ चौका र ९ छक्काको मद्दतमा १ सय ७ रनको योगदान गरेपछि टि -ट्वान्टी अन्तराष्ट्रियमा नेपालले अहिलेसम्मकै सर्बाधिक ठुलो स्कोर खडा गरेको छ ।

यस्तै दिपेन्द्र सिह एरि ४५ र मोहम्मद आरिफ शेख ४ रनमा अविजित रहे ।

बलिङतर्फ भुटानका कर्मा दोर्जेले २ तथा तोम्वेन सिंगेले १ विकेट हात पारे ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *