भुटानबिरुद्द नेपाल उच्च योगफलतर्फ अग्रसर
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भुटानबिरुद्दको खेलमा बिशाल योगफलतर्फ अग्रसर भएको छ ।
किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । जसअनुसार नेपालले अहिले १५ ओभरमा मात्र २ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ ।
जसमा भुटानसँग नेपालका अनुभवी खेलाडी पारस खडकाले अर्धशतक प्रहार गरेका थिए । भने अहिले मैदानमा कप्तान ग्यानेन्द्र मल्ल र युवा खेलाडी दिपेन्द्र सिह एरी रहेका छन् । मल्लले ९३ रन बनाईसकेका छन |
पहिलो विकेटका रुपमा पभेलियन फर्किएका पारस खडकाले मल्लसँग मिलेर १ सय ८ रनको साझेदारी गर्दै व्यक्तिगत ५७ रनमा आउट हुन पुगेका थिए ।
८.२ ओभरमा आउट भएका पारसले २८ बलको सामाना गर्दै ९ चौका र १ छक्काको मद्दतमा उक्त पारी खेलेका थिए ।
त्यसपछी नेपालले दोस्रो विकेटका रुपमा रोहितलाई गुमाएको थियो । उनले ६ रन बनाएर आउट हुन् पुगे ।