नेपालले आज भुटानसँग खेल्दै : कीर्तिमानको वर्षा हुने सम्भावना

नेपालले आज भुटानसँग खेल्दै : कीर्तिमानको वर्षा हुने सम्भावना

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी दक्षिण एसिया खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा आज कमजोर भुटानसँग खेल्दैछ ।

अघिल्लो खेलमा श्रीलंकालाई कडा टक्कर दिएको भएपनी खराब फिल्डिङका कारण खेल गुमाएको नेपाललाई आज भुटानसँग भने धेरै सहज पक्कै हुनेछ ।

तुलनात्मक रुपमा भुटान नेपाल भन्दा निकै तल्लो स्तरको टिम हो । यसअर्थमा आजको खेल एकतर्फी नै हुनेमा दुईमत छैन । तर नेपाल मैदान उत्रिदा नेपाल आफ्नो खेलमा नयाँ नयाँ कीर्तिमानको वर्षा गर्न चाहने छ ।

किर्तीपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेपछी हुने खेलमा नेपाल ठुलो जितको खोजीमा रहदै आफ्नो फाइनल पुग्ने आशालाई जिवितै राख्नेछ ।

यो खेलपछि नेपालले भोलि ( शनिबार ) माल्दिभ्ससँग खेल्नेछ भने लिगको अन्तिम खेलमा आईतबार बलियो बंगलादेशसँग खेल्नेछ ।

यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।

आउँदो २३ गते कास्य पदकका लागि खेल हुनेछ भने स्वर्णका लागी २४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *