onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बंगलादेशसामू नेपालको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटमा अहिले नेपालले बलियो बंगलादेशको सामना गरिरहेको छ ।

पोखरास्थित पोखरा रंगशाला मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेर १९.१ ओभरमा अलआउट हुँदै ५० रन बनाउन मात्र सफल भयो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले १३ रन , ईन्दु वर्माले १० रन तथा सोनु खड्काले १२ रन बनाउनु वाहेक अन्य खेलाडीबाट उल्लेख योगदान हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ ।

खेलमा नेपालले ओपनर ब्याटर काजल श्रेष्ठलाई पहिलो विकेटका रुपमा सुन्य रनमा गुमाएको थियो ।

पहिलो ओभरको पाँचौ बलमा पाँच बलको सामना गरेर आउट हुन पुगेकी थिईन । यस्तै अर्कि ओपनर सिता राना मगर पनि ३ रन बनाएर आउट हुन पुग्दा टिम सुरुवाती अबस्था देखीनै दबाबमा आएको थियो ।

यस्तै ममता चौधरीले १ रन बनाउँदा करुणा भण्डारी र सरिता मगर र अञ्जली चन्दले खाता खोल्नै सकेनन् । भने अप्सरी बेगम ५ रनमा आउट भएकी थिईन ।

बलिङतर्फ बंगलादेशकी रविया खानले सर्बाधिक ४ विकेट हात पार्दा जहानारा आलमले २ तथा सलमा खातुन, नैहिदा अख्तर र फहिम खातुनले समान १-१ विकेट लिएका थिए ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा कीर्तिमानी जित हासिल गर्ने क्रममा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *