onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

श्रीलंकाको विजयी सुरुवात : नेपाल पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित हुन् पुगेको छ ।

खेलमा नेपालले प्रस्तुत गरेको १ सय ७३ रनको विजयी चुनौतीलाई श्रीलंकाले १९.१ ओभरमा मात्र ४ विकेट गुमाएर भेटायो |

श्रीलंकाकाको जितमा शम आशानले सर्बाधिक ठुलो योगदान गरे । अविजित रहेका उनले ७२ रनको पारी खेले | यस्तै टिमका लागि निशां मदुष्काले पनि ४६ रनको योगदान गरेपछि श्रीलंकाले नेपालमाथि जित हासिल गर्न सफल भए |

बलिङतर्फ नेपालका पवन सरार्फले २ तथा सुशन भारी र सोमपाल कामीले समान १/१ विकेट हात पारे |

त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिपेन्द्र सिह एरिको उत्कृष्ट ब्याटङमा निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

ईनिङको १.२ ओभरमा अनुभवी खेलाडी पारस खडकालाई व्यक्तिगत १ रनमा गुमाएको नेपालले त्यसपछी मोहम्मद आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले पारी लाई सम्हाल्ने क्रममा ३२ रनको साझेदारी गरेका थिए ।

५.१ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका आरिफले १५ बलको सामना गर्दै २ छक्काको मद्दतमा १९ रन जोडे | त्यसपछी मल्लले र विनोद भण्डारीले समान २१ रनको योगदान गरे ।

त्यसपछी नेपालको पारीलाई उकास्न दिपेन्द्र सिह एरि र पवन सरार्फले उत्कृष्ट पारी खेले । यी दुई बीच पाँचौ विकेटका लागि ६२ रनको साझेदारी हुन् पुगेको थियो ।

पाँचौ विकेटका लागि पभेलियन फर्किएका पवनले १३ बलको समाना गर्दै २ चौका र १ छक्काको मद्दतमा २२ रन जोडे । यता खेलका नायक बनेका दिपेन्द्रले सर्बाधिक ७२ रन बनाए ।

अविजित रहेका उनले ४४ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाए यस्तै करन १ रनमा अविजित रहे ।

बलिङतर्फ श्रीलंकाका कमिन्दु मेंडिसले सर्बाधिक २ विकेट हात पारे । भने दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले समान १-१ विकेट लिए ।

अब नेपालले आफ्नो दोस्रो खेलमा १९ गते भुटानसँग खेल्नेछ । भने तेस्रो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । २० गते हुनेछ ।
यस्तै लिगको अन्तिम खेलमा नेपालले २१ गते बंगलादेशसँग खेल्नेछ ।

यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।
२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २४ गते हुनेछ । सागमा यसपटक पाकिस्तान र भारतबाहेक अन्य ५ टिमले सहभागी जनाउँदै छ्न ।

प्रतिक्रिया दिनुहोस्