दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको शानदार विजयी लक्ष्य
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा अहिले श्रीलंका -२३ को सामना गरिरहेको छ ।
किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिपेन्द्र सिह एरिको उत्कृष्ट ब्याटङमा निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको छ ।
ईनिङको १.२ ओभरमा अनुभवी खेलाडी पारस खडकालाई व्यक्तिगत १ रनमा गुमाएको नेपालले त्यसपछी मोहम्मद आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले पारी लाई सम्हाल्ने क्रममा ३२ रनको साझेदारी गरेका थिए ।
५.१ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका आरिफले १५ बलको सामना गर्दै २ छक्काको मद्दतमा १९ रन जोडे | त्यसपछी मल्लले र विनोद भण्डारीले समान २१ रनको योगदान गरे ।
त्यसपछी नेपालको पारीलाई उकास्न दिपेन्द्र सिह एरि र पवन सरार्फले उत्कृष्ट पारी खेले । यी दुई बीच पाँचौ विकेटका लागि ६२ रनको साझेदारी हुन् पुगेको थियो ।
पाँचौ विकेटका लागि पभेलियन फर्किएका पवनले १३ बलको समाना गर्दै २ चौका र १ छक्काको मद्दतमा २२ रन जोडे । यता खेलका नायक बनेका दिपेन्द्रले सर्बाधिक ७२ रन बनाए । अविजित रहेका उनले ४४ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाए यस्तै करन १ रनमा अविजित रहे ।
बलिङतर्फ श्रीलंकाका कमिन्दु मेंडिसले सर्बाधिक २ विकेट हात पारे । भने दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले समान १-१ विकेट लिए ।
अहिले नेपालले दिएको १ सय ७३ रनको विजयी चुनौतीलाई पछ्याउदै श्रीलंकाले जवाफी ब्याटिङ गरिरहेको छ ।