पुरुष क्रिकेट आजबाट : पहिलो खेलमा आज नेपाल सुखद नतिजाको खोजिमा

पुरुष क्रिकेट आजबाट : पहिलो खेलमा आज नेपाल सुखद नतिजाको खोजिमा

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद अन्तर्गत पुरुष क्रिकेटका खेलहरु आजबाट सुरु हुँदैछ ।

महिला क्रिकेटको भने अघिल्लो दिनबाट सुरु भएको छ । जसमा नेपालले पहिलो खेलमा माल्दिभ्समाथि शानदार जित हासिल गर्दा आज पुरुष टिमले प्रतियोगिताको बलियो मध्यको एक श्रीलंका -यु २३ सँग खेल्न लागेको हो ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान ११ बजेपछी सुरु हुनेछ । जसमा नेपाल सुखद नतिजाको खोजिमा रहनेछ ।

श्रीलंका पछि नेपालले आफ्नो दोस्रो खेलमा १९ गते भुटानसँग खेल्नेछ । भने तेस्रो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । २० गते हुनेछ ।

यस्तै लिगको अन्तिम खेलमा नेपालले २१ गते बंगलादेशसँग खेल्नेछ ।

यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।

२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २४ गते हुनेछ । सागमा यसपटक पाकिस्तान र भारतबाहेक अन्य ५ टिमले सहभागी जनाउँदै छ्न ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल ( कप्तान ) ,पारस खड्का , रोहित कुमार पौडेल , सोमपाल कामी ,दिपेन्द्र सिंह ऐरी ,करन केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी,पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी , मोहम्मद आरिफ शेख, अविनाश बोहरा ,कुशल भुर्तेल र राशिद खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *