नेपालको कीर्तिमानी जित : नेपालले  लक्ष्य मात्र ५ बलमा पूरा गर्यो !

नेपालको कीर्तिमानी जित : नेपालले लक्ष्य मात्र ५ बलमा पूरा गर्यो !

काठमाडौं ( अनलाइन खेलखबर ) || नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत नेपाली महिला क्रिकेट टिमले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले कमजोर माल्दिभ्समाथि शानदार जित हासिल गर्ने क्रममा १० विकेटले पराजित गर्न सफल भएको छ ।

पोखरास्थित पोखरा रंगशाला मैदानमा भएको खेलमा माल्दिभ्सले दिएको मात्र १७ रनको विजयी चुनौतीलाई नेपालले मात्र ५ बलमा विना विकेट पतनमा उक्त लक्ष्य पुरा गर्यो ।

नेपाललाई किर्तिमानी जित दिलाउँने क्रममा नेपालकि काजोल श्रेष्ठले १३ रन जोडिन । नेपालको तर्फबाट यो अहिलेसम्मकै कम बलमा लक्ष्य पूरा हो भने विश्वको तेस्रो छिटो हो ।

त्यसअघि सुरुमा टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्स नेपाली बलर सामु निकै निरिह सावित हुँदा माल्दिभ्स १०.१ ओभरमा मात्र १६ रनमा अल आउट हुन पुग्यो ।

माल्दिभ्सको पारीलाई ध्वस्त पार्ने क्रममा नेपालको तर्फबाट अन्जली चन्दले ह्याट्रिक सहित ६ विकेट एक्कैले लिन सफल भईन ।

प्रतियोगितामा शानदार सुरुवात गरेको नेपालले अब आफ्नो दोस्रो खेल आउँदो बुधबार बंगलादेशसँग खेल्नेछ ।

यस्तै लिगको अन्तिम खेलमा नेपालले २० गते श्रीलंका सँग खेल्नेछ ।

यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।

२१ गते कास्य पदकका लागि खेल हुनेछ भने फाइनल २२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *