सागको डेब्यु खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ ।
सागको ईतिहासमा महिला क्रिकेटलाई यसपटकबाट समाबेश गरिएको छ , जसको डेब्यु खेलमा आयोजक नेपालले माल्दिभ्ससँग खेल्न लागेको छ ।
तुलनात्मक हेर्दा नेपाल भन्दा माल्दिभ्स पक्कै कमजोर देखिएको भएता पनि माल्दिभ्सको स्तर के हो भन्ने थाहा पाउँन आज उसलाई अग्नि परिक्षा समेत रहेको छ ।
क्रिकेटमा आफ्नो भबिस्य खोज्दै गरेको माल्दिभ्स र नेपालबीचको खेल पोखरास्थित पोखरा रंगशाला मैदानमा ११ बजेपछीबाट सुरु हुनेछ ।
स्वर्ण पदक जित्ने लक्ष्य बोकेको माल्दिभ्स पछि दोस्रो खेलमा १८ गते बंगलादेशसँग खेल्नेछ । भने लिगको अन्तिम खेलमा नेपालले २० गते श्रीलंका सँग खेल्नेछ ।
यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।
२१ गते कास्य पदकका लागि खेल हुनेछ भने फाइनल २२ गते हुनेछ ।
साग महिला क्रिकेटमा पाकिस्तान ,भारत र भुटानले सहभागी नजनाउँने भएको हुँदा मात्र ४ टिमको यसपटक सागमा प्रतिष्पर्दा रहने छ ।
नेपाली टिम –रुविना क्षेत्री( कप्तान ),सिता राना मगर ( उप – कप्तान ),इन्दु बर्मा,काजल श्रेष्ठ,करुणा भण्डारी,अप्सरी बेगम,सोनु खड्का,सरस्वती चौधरी,ममता चौधरी,अन्जली चन्द,सरिता मगर ,सुमन खतिवडा,रोमा थापा , डली भट्ट र कविता कुँवर
वैकल्पिक खेलाडी : ज्योति पाण्डे ,संगीता राई र अस्मिना कर्माचार्य