भाग्यमानी पारस : सागको उद्घाटनमा पारसले  नेपालको झण्डा बोक्ने

भाग्यमानी पारस : सागको उद्घाटनमा पारसले नेपालको झण्डा बोक्ने

काठमाडौं ( अनलाइन खेलखबर ) । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन भोलि( आईतबार ) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

जसका लागि उद्घाटन भब्य बनाउन आयोजक नेपाल लागिपरेको छ । उद्घाटन सत्र अहिले सम्मकै उत्कृष्ट र शानदार समेत रहने आयोजकको हाबी रहदै गर्दा नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अनुभवी खेलाडी पारस खड्कालाई उद्घाटन सत्रमा नेपाली
झण्डा बोक्ने अबसर प्रदान भएको छ ।

नेपाली क्रिकेटको सफलताका प्रयाय समेत रहेका पारसले भोलि हुने उद्घाटनको मार्चपासमा नेपालको झण्डा बोक्ने छन् ।

यि यस्ता ठुला प्रतियोगितामा खेलकुद क्षेत्रमा पुर्याएको योगदानलाई उच्च कदर गर्दै खेलाडीलाई यो खालको जिम्मेवारी प्रदान गरिने विश्व प्रचलनमा समेत रहेको छ ।

नेपाली क्रिकेटलाई एउटा उचाईमा पुर्याउन उनले ठुलो योगदान गरेका छ्न । केहि महिना अघि मात्र कप्तानी छोडेका उनले करिव एक दशक नेपाली क्रिकेटलाई नेतृत्व समेत गरे ।

उनको कप्तानीमा नेपालले धेरै सफलता सँगै चर्चा परिचर्चा र लोकप्रियता हासिल गर्न सफल भयो । गुमनाम रहेको क्रिकेटलाई यो स्थितिसम्म ल्याईपुर्याउनमा उनले ठुलो योगदान पुर्याएका छ्न ।

उनको कप्तानीमा नेपालले टि – ट्वान्टी विश्वकप खेल्यो भने एकदिवसिय मान्यता समेत उनि कप्तान हुँदा नेपालले प्राप्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *