पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा
काठमाडौं ( अनलाइन खेलखबर )|सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा जारी पाँच पोखरी सुपर -८ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
शुक्रबार भएको क्वाटरफाइनल खेलमा भोताङ युथ क्लब , मेलम्ची नगरपालिका , पाँच पोखरी क्रिकेट र श्रीखंला चिमिती क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भोताङ युथ क्लबले बार्हबिसेलाई २५ रनले पराजित गर्दौ सेमीफाइनल पुगेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भोताङ्ले निर्धारित ८ ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।
भोताङको लागि अरुन तामाङले सर्बाधिक ५५ रनको योगदान गरे भने सुरज तामाङले २२ रनको जोड्दा टिमले ठुलो योगफल खडा गर्न सफल भएको थियो ।
बलिङतर्फ बार्हबिसेका पवन श्रेष्ठले २ तथा सुरज तामाङले १ विकेट लिएका थिए ।
त्यसपछी भोताङ्ले दिएको १ सय २६ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको बार्हबिसे निर्धारित ८ ओभर पुरै खेल्दै ५ विकेट गुमाएर ९५ रनमा सीमित हुन् पुगेपछि खेल भोताङ्ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
बार्हबिसेको लागि बिज्ञान बोहराले सर्बाधिक २७ तथा बिजेस श्रेष्ठले २० रनको योगदान दिए ।
बलिङतर्फ भोताङको लागि अर्जुन तामाङले २ तथा अरुण तामाङले १ विकेट लिएका थिए ।
यस्तै आजको दोस्रो क्वाटरफाइनल खेलमा मेलम्चीनगरपालिकाले भोताङ देबि माबीलाई २ विकेटले पराजित गरेको थियो ।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबले यार्सा क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यार्सा क्रिकेट क्लबले निर्धारित ८ ओभर पुरै खेल्दै १ विकेट गुमाउदै १ सय १ रन बनाएको थियो ।
यार्साको लागि बिक्की तामाङले सर्बाधिक ६२ रन बनाउदा शंकर तामाङले २५ रनको योगदान दिएका थिए ।
त्यसपछी यार्साले दिएको १ सय २ रनको विजयी चुनौतीलाई पाँचपोखरीले ७.४ ओभरमा मात्र ५ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो ।
पाँचपोखरीका लागि विजय कुमार धिताल र रोशन कार्कीले समान ३१/३१ रनको योगदान दिएका थिए । र खेलको प्लेयर अफ द म्याच पाँच पोखरका विजय कुमार धिताल घोषित भए ।
यस्तै चौथो क्वाटरफाइनलमा सिन्धु लायन्सलाई शृङ्खला चिमिती क्रीकेट क्लबले ४ विकेटले पराजित गरेको थियो ।
अब प्रतियोगिताको सेमिफाइनल खेल शनिबार बिहान ९ बजेपछी सुरु हुनेछ भने फाइनल खेल २ बजेपछी सुरु हुने आयोजकले जानकारी गराएको छ ।