नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

काठमाडौं (अनलाइन खेलखबर ) || दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीचको मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ |

आज भएको दोस्रो खेलमा माल्दिभ्सलाई नेपालले १ सय ७ रनले पराजित गर्न सफल भएको थियो ।

खेलमा नेपालले दिएको २ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ९ रनमा सिमित भएपछी खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

माल्दिभ्सका लागी मोहम्मद आजमले २६ रन तथा युसुफले १९ र अमिर लाथिफले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न नसक्दा टिम फराकिलो हार ब्यहोर्न बाध्य भयो ।

बलिङतर्फ बिक्रम शोब , तिलक भण्डारी र मन्जित श्रेष्ठले समान २/२ विकेट लिए भने शेर मल्लले पनि १ विकेट हात पारे ।

त्यसअघि मूलपानिस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

माल्दिभ्सबिरुद्दको खेलमा नेपालले बिशाल योगफल खडा गर्ने क्रममा कप्तान शरद भेषवाकरले सर्बाधिक ठूलो पारी खेले ।

ओपनरका रुपमा मैदान प्रवेश गरेका शरदले ८४ रन बनाए । ४२ बलको सामना गरेका उनले ३ चौका र ८ छक्काको मद्दतमा उक्त पारी खेलेका हुन् ।

यस्तै राम्रो सुरुवात दिलाउँने क्रममा शरद र दिलिप नाथबिच पहिलो विकेटका लागी ५१ रनको साझेदारी हुन पुगेको थियो ।

५.१ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका दिलिपले २७ रन बनाएका थिए ।

त्यसपछि पनि नेपालले अर्को राम्रो साझेदारी पायो । शरद र प्रदिप एरिबीच शतकिय १०२ रनको साझेदारी हुन पुग्दा नेपाल बिशाल योगफलतर्फ अग्रसर भएको थियो ।

एलबिब्लुको सिकार भएका शरद १३.२ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका थिए ।

त्यसपछि प्रदिपले ६९ रन तथा अमित श्रेष्ठ २५ रन बनाएका थिए ।

बलिङतर्फ माल्दिभ्सका लिम सफिक एक्कैले ३ विकेट लिए ।

यसअघि बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको थियो । अब नेपालले माल्दिभ्ससँगको अन्तिम खेल भोलि( शनिबार ) खेल्नेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *