समूह ” ए ” को बिजेता बन्दै आर्मी प्रधानमन्त्री कपको  सेमिफाइनल प्रबेश : पुलिस पनि सेमिफाइनल मा

समूह ” ए ” को बिजेता बन्दै आर्मी प्रधानमन्त्री कपको सेमिफाइनल प्रबेश : पुलिस पनि सेमिफाइनल मा

जेठ २२ , अनलाईन खेलखबर || राजधानि मा जारी नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्गत आज दुई बिभागिय टोलि सशस्त्र र आर्मी बिचको खेल मा आर्मी बिजयि भएको छ । यसअघि नै समूह ” ए ” बाट सेमिफाइनल प्रबेश गरिसकेका यी दुई बिच कडा टक्कर होला भन्ने बिश्वास रहेको थियो तर त्यो हुन सकेन , आज को जित सगै आर्मी समुह बिजेता बनेको छ ।

त्रिवि क्रीकेट मैदान , कीर्तिपुर मा टस हारेर पहिले ब्याटिङ मा उत्रिएको आर्मी ले बर्षा का कारण खेल निर्धारित समय अनुसार ढिलो भएको हुँदा खेललाई ४० ओवर मा घटाईएको थियो । जसअनुसार आर्मी ले अलआउट हुदै २२८ रन बनाएको थियो । जसमा अनिल कुमार मन्डल ले सर्बाधिक ७२ रनको पारी खेले उनले ९९ बलको सामना गर्दै ७ चौका समेत प्रहार गरे । यस्तै कप्तान बिनोद भन्डारिले पनि उत्कृष्ट अर्धसतकिय ५० रन को पारी खेल्दा सागर पुन ले ४६ रनको योगदान दिएका थिए । यस्तै नरेश बुढाएर ले ३७ रन थपे ।


बलिग तर्फ सशस्त्र का लागि भुवन कार्की ले सर्बाधिक ३ तथा वसन्त रेग्मी , पृथु बास्कोटा ,कमल सिँह एरि र करन केसि ले समान १/१ बिकेट लिएका थिए ।

२२९ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सशस्त्र ले ३२. ५ ओवर मा १५८ रन मा अलआउट हुन पुग्यो । राम्रो सुरुवात गरेको भए पनि मध्यक्रम मा ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न नसक्दा टिमले पराजित ब्यहोर्न बाध्य भयो । पहिलो बिकेट ८.१ ओवर मा टिमको स्कोर ४२ रन हुँदा ओपनर सुवाश खकुरेल लाई २२ रन मा गुमाएको सशस्त्र ले दोस्रो बिकेट का रुपमा अनिल मन्डल लाई २५ रन मा टिमको स्कोर ५४ रन हुँदा गुमायो । यसपछि प्रदिप एरि ले १० रन , रोहित पौडेल ले २८ रन , भुवन कार्की ले २६ रन र अमर सिँह रौटेला ले २९ रन बनाएका थिए ।

बलिग मा आर्मी का लागि सोमपाल कामी ले सर्बाधिक ३ बिकेट लिए यस्तै सुशन भारी , सागर पुन र शाहब आलम ले समान २/२ विकेट लिन सफल भए ।

यस्तै आजै भएको अर्को समूह “बि ” अन्तर्गत भएको खेल मा प्रदेश ३ लाई पुलिस ले ६ बिकेट ले पराजित गरेको छ । यो जित सगै पुलिस ले सेमिफाइनल प्रबेश लगभग तय गरेको छ ।

मुलपानी क्रीकेट मैदान मा पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित २०ओवर मा ९ बिकेट गुमाएर १३७ रन बनाएको थियो । वर्षा का कारण आजको खेल लाई २० ओवर मा घटाईएको थियो । जसमा आदिल खान ले सर्बाधिक ४५ रन बनाएका थिए ।

यसपछि १३८ रनको बिजयी लक्ष्य पछ्याएको पुलिस ले १९ ओवर ५ बल मा लक्ष्य भेटाएको थियो । निकै रोमाञ्चक बनेको खेल मा पुलिस लाई जिताउन आरिफ शेख ले ६६ र सुनिल धमला ले अबिजित ५० रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *