सरद र प्रदिपको शानदार ब्याटिङमा माल्दिभ्ससामु नेपालको विशाल लक्ष्य प्रस्तुत

सरद र प्रदिपको शानदार ब्याटिङमा माल्दिभ्ससामु नेपालको विशाल लक्ष्य प्रस्तुत

काठमाडौं (अनलाइन खेलखबर ) || दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीच आज दोस्रो मैत्रीपूर्ण खेल जारी रहेको छ ।

मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय १६ रन बनाएको छ ।

माल्दिभ्सबिरुद्दको खेलमा नेपालले बिशाल योगफल खडा गर्ने क्रममा कप्तान शरद भेषवाकरले सर्बाधिक ठूलो पारी खेले ।

ओपनरका रुपमा मैदान प्रवेश गरेका शरदले ८४ रन बनाए । ४२ बलको सामना गरेका उनले ३ चौका र ८ छक्काको मद्दतमा उक्त पारी खेलेका हुन् ।

यस्तै राम्रो सुरुवात दिलाउँने क्रममा शरद र दिलिप नाथबिच पहिलो विकेटका लागी ५१ रनको साझेदारी हुन पुगेको थियो ।

५.१ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका दिलिपले २७ रन बनाए ।

त्यसपछि पनि नेपालले अर्को राम्रो साझेदारी पायो । शरद र प्रदिप एरिबीच शतकिय १०२ रनको साझेदारी हुन पुग्दा नेपाल बिशाल योगफलतर्फ अग्रसर भएको थियो ।

एलबिब्लुको सिकार भएका शरद १३.२ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका थिए ।

त्यसपछि प्रदिपले ६९ रन तथा अमित श्रेष्ठ २५ रन बनाएका थिए ।

बलिङतर्फ माल्दिभ्सका लिम सफिक एक्कैले ३ विकेट लिए ।

अब नेपालले प्रस्तुत गरेको २ सय १७ रनको बिशाल विजयी लक्ष्यलाई पछ्याउदै माल्दिभ्सले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *