onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाँच पोखरी टि -८ : सिन्धु लायन्स , मेलम्ची ,यार्सा र बार्हबिसे क्वाटरफाइनलमा प्रबेश

काठमाडौं ( अनलाइन खेलखबर )|सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा जारी पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिता को पहिलो दिन बुधबार ६ खेल सम्पन्न सकिएको छ ।

प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा यार्सा क्रिकेट क्लबले गणेश स्थान क्रिकेट क्लबलाई ४० रनले पराजित गरेको छ ।

स्थानिय मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यार्सा क्रिकेट क्लबले निर्धारित ८ ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर ९२ रन बनाउँन सफल भएको थियो ।

यार्साका लागि बिक्की तामाङले सर्बाधिक २७ रनको योगदान गरेका थिए । भने टिमका लागी मङल तामाङले २३ तथा शंकर तामाङले पनि १६ रनको जोडे ।

बलिङतर्फ गणेशस्थानको लागि जेठा तामाङ र आर्य लामाले समान १/१ विकेट हात पारे ।

त्यसपछि ९३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको गणेशस्थान ७.२ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन पुगेपछी खेल यार्साले आफ्नो पक्षमा पार्न सफल भयो ।

गणेशस्थानको लागि मसङ लामाले २९ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

बलिङतर्फ यार्सा क्रिकेट क्लबको लागि बिक्की तामाङ , मङल तामाङ र आकाश तामाङले समान २/२ विकेट लिएका थिए ।

यस्तै दिनको दोस्रो खेलमा राइजिङ दुवाचौरमाथि सिन्धु लायन्सले रोमाञ्चक बनेको खेलमा ६ रनले पराजित गरेको थियो ।

भने तेस्रो खेलमा वाह्रबिसेले गणेशस्थानलाई ५ विकेटले गर्यो । यस्तै चौथो खेलमा मेलम्ची नगरपालिका सिन्धु लायन्ससँग ४ विकेटले पराजित हुन पुग्दा पाँचौ खेलमा बार्हबिसे यार्सा क्रीकेट क्लबसँग १८ रनले पराजित हुन पुग्यो।

यस्तै दिनको अन्तिम खेलमा मेलम्ची नगरपालिकाले राइजिङ दुबिचौरलाई १८ रनले पराजित गर्न सफल भयो ।

योसँगै समूह`बि ´ बाट सिन्धु लायन्स र मेलम्ची नगरपालिका र समूह`सि´बाट यार्सा क्रिकेट क्लब र बार्हबिसे क्वाटरफाइनलमा पुगेका छ्न ।

मंसिर १४ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टिमको सहभागी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्