onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आज को खेलपनि आफ्नो पक्ष मा पार्दै प्रधानमन्त्री कप मा सशस्त्र को दबदबा कायमै : उता प्रदेश ५ को पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो

जेठ् २१ , अनलाईन खेलखबर | राजधानी मा जारी नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्गत आज नवौं दिनको खेल मा बिभागिय टोलि सशस्त्र प्रहरी ( एपीएफ) र प्रदेश नम्बर ५ बिजयी भएका छ्न ।

त्रिवि क्रीकेट मैदान , किर्तिपुर मा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले सुवास खकुरेल र प्रदिप एरि को उत्कृष्ट साझेदारिको मद्दत मा निर्धारित पुरै ५० ओवर खेल्दै ६ बिकेट गुमाएर ३ सय ३९ रनको ठूलो योगफल खडा गरेको थियो । ओपनर अनिल कुमार शाह लाई मात्र ३ रन मा गुमाएको एपीएफ का लागि सुबास र प्रदिप ले हाल सम्म कै नेपाली क्रीकेट को ठुलो साझेदारी २ सय ३९ रनको साझेदारी गर्दै टिमलाई ठूलो स्कोर तर्फ डोराएका थिए । सुबास ले १३० बलको सामना गर्दै ६ चौका २ छ्क्का को मद्दत मा सतकिय १०३ रन जोडेका थिए यस्तै अर्का ब्याटसम्यान प्रदिप एरि ले आक्रमक पारी खेले उनले करियर कै हालसम्म को ठूलो पारी खेले उनले १३५ बलको सामना गर्दै १५८ रन बनाएका थिए । जस मा १३ चौका र ८ छ्क्का सम्मलित थियो । यस्तै पृथु बास्कोटा ले २९ रन , भुवन कार्की ले १६ रन बनाएका थिए ।

ठूलो लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको प्रदेश २ ले राम्रो सुरुवात गरेपनि पछि निराशाजनक प्रंदशन गर्न पुग्यो । पहिलो बिकेट का लागि ७३ रनको साझेदारी गरेको प्रदेश २ ले २५ रन जोडदा आफ्नो ८ बिकेट गुमाएको थियो । जसमा हरिसङ्खर ले ३८ र सुरज पटेल ले ३४ रनको पारी खेल्नु बाहेक अन्य ले दोहोरो अंक जोडन सकेनन

बलिग तर्फ प्रदेश २ को ब्याटिङ ध्वस्त गर्ने क्रम मा करन केसि र बसन्त रेग्मी ले ३/३ विकेट लिए ।

यता मुलपानी क्रीकेट मैदान मा आजै भएको अर्को खेल मा प्रदेश ५ ले ३ लाई ३० रन ले पराजित गरेको छ ।

पहिले टस जितेर ब्याटिङ गरेको प्रदेश ३ ले ४४.५ ओवर मा अलआउट हुँदै १५२ रन बनाएको थियो । जस मा भुपेन्द्र थापा ले ४६ रन , जितेन्द्र सिँह ठकुरी ले १८ रन , आदिल खान ले १६ रन , सन्जय बस्नेत ले १५ रनको योगदान गरेका थिए ।

बलिग तर्फ लाल बहादुर अधिकारी ले सर्बाधिक ४ विकेट लिए भने कृष्ण कार्की , सन्दिप सुनार र बिक्रम भुषाल ले समान २/२ विकेट लिएका थिए ।

मध्यम १५३ रनको बिजयि लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरिरहेको अबस्थामा २०.५ ओवर मा ३ बिकेट गुमाएर ८९ रन बनाउदै ब्याटिङ गरिरहेको बेला मैदान मा वर्षा हुन थालेपछि पछि खेल हुन नसक्दा प्रदेश ५ डकवर्थ लुईस नियम अनुसार बिजयी हुन पुगेको थियो ।

यो जित सगै समूह “बि ” बाट प्रदेश ५ ले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ अब १ खेल खेल्न बाकी रहेको प्रदेस ५ ले अंकतालिका मा ५ अंकसहित शीर्षस्थान मा रहेको छ यता ४ खेल बाट समान ५ अंक भएपनि प्रदेश ७ को सेमिफाईनल पुग्न प्रदेश ५ को अन्तिम खेल मा निर्भर हुनुपर्नेछ । यता यहि समूह मा रहेको बिभागिय बलियो टोलि हाल २ खेल खेल्दा ३ अंकसहित अंकतालिकाको तेस्रो स्थान मा रहेको छ ।।

उता समूह ” ए ” मा विभागिय टोलि त्रिभुवन आर्मी र एपिएफ सेमिफाइनल प्रबेश गरिसकेका छ । प्रदेश ४, २,र १ समूह चरण बाटै बाहिरिए ।

अब प्रतियोगिता मा मङ्गलबार त्रिवि मा सेमिफाइनल प्रबेश गरिसकेका आर्मी र सशस्त्र भिडने छ्न भने मुलपानी मा प्रदेश ३ ले पुलिस को सामना गर्ने छ ।।

प्रतिक्रिया दिनुहोस्