साग खेल्ने महिला क्रिकेट टिमलाई ट्रयाकसुट सहयोग

साग खेल्ने महिला क्रिकेट टिमलाई ट्रयाकसुट सहयोग

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई होटेल काठमाडौं ईनले हौसला प्रदान गर्नका लागी ट्रयाकसुट प्रदान गरेको छ ।

पोखरामा हुन गईरहेको महिला क्रिकेटका लागि टोली बुधबार त्यसतर्फ जानुअघि होटेलले करिब १ लाख ४० हजार बराबरको ट्रयाकसुट उपलब्ध गराएको हो ।

जसमा खेलाडी , ब्यबस्थापक , प्रशिक्षण र फिजियो गरि कुल २४ जनालाई यो सामाग्री प्रदान गरेको होटेलले जानकारी गराएको छ ।

यस होटेलमा विगत लामोसमय देखीनै खेलाडीहरुको बस्दै आएका समेत छ्न ।

नेपाली टोली आज (बिहिबार ) पोखरा पुगेको छ । अब साग अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आउँदो १६ गते माल्दिभ्सबिरुद्द खेल्नेछ । गर्दैछ ।

पोखरा रंगशाला मैदानमा हुने खेलमा बिहान ११ बजेपछी हुने तालिका रहेको छ ।

यस्तै दोस्रो खेलमा नेपालले १८ गते बंगलादेश सँग खेल्नेछ । भने लिगको अन्तिम खेलमा नेपालले २० गते श्रीलंका सँग खेल्नेछ ।

यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।

२१ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २२ गते हुनेछ ।

साग महिला क्रिकेटमा यसपटक पाकिस्तान ,भारत र भुटानले सहभागी नजनाउँने भएको हुँदा मात्र ४ टिमको सागमा प्रतिष्पर्दा रहने भएको छ । र नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *