सागका लागि पोखरा जान लागेको महिला क्रिकेट टोलीको विदाई
काठमाडौं ( अनलाइन खेलखबर ) । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटमा सहभागी जनाउँन नेपाली टोली आज बिहान स्थलमार्ग हुँदै पोखरा प्रस्थान गरेका छ्न ।
पोखरा जानुअघि टोलीलाई काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचीव रमेश सिलवाल र नेपाल क्रिकेट संघ ( क्यान ) का सचीव अशोकनाथ प्याकुरेल सयुक्त रुपमा नेपाली टोलीलाई विदाई गरेका थिए ।
स्वर्ण पदक जित्ने लक्ष्य बोलेको नेपाली महिला टोलीले प्रतियोगिताको सुरुवात आउँदो १६ गते माल्दिभ्सबिरुद्द खेल्दै गर्दैछ ।
पोखरा रंगशाला मैदानमा हुने खेलमा बिहान ११ बजेपछी हुने तालिका रहेको छ ।
यस्तै दोस्रो खेलमा नेपालले १८ गते बंगलादेश सँग खेल्नेछ । भने लिगको अन्तिम खेलमा नेपालले २० गते श्रीलंका सँग खेल्नेछ ।
यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।
२१ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २२ गते हुनेछ ।
साग महिला क्रिकेटमा यसपटक पाकिस्तान ,भारत र भुटानले सहभागी नजनाउँने भएको हुँदा मात्र ४ टिमको सागमा प्रतिष्पर्दा रहने भएको छ ।
नेपाली टिम – रुविना क्षेत्री( कप्तान ) ,सिता राना मगर ( उप – कप्तान ) , इन्दु बर्मा,काजल श्रेष्ठ,करुणा भण्डारी,अप्सरी बेगम,सोनु खड्का,सरस्वती चौधरी,ममता चौधरी,अन्जली चन्द,सरिता मगर ,सुमन खतिवडा,रोमा थापा , डली भट्ट र कविता कुवर
वैकल्पिक खेलाडी ज्योति पाण्डे ,संगीता राई र अस्मिना कर्माचार्य