onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पीपीएलमा केहि नयाँ खेलाडीको प्रबेश हुँदा केहि बाहिर …

काठमाडौं ( अनलाइन खेलखबर ) । आउँदो मंसिर २८ देखि पुस १२ सम्म पर्यटकीय शहर पोखरामा हुन गईरहेको पोखरा प्रिमियर लिग (पीपीएल) का लागी टिमले केहि नयाँ खेलाडीलाई भित्राएको छ भने केहिलाई विदा गरेको छ ।

सोमबार काठमाडौंमा भएको ‘रिलिज र रिटेन’ कार्यकमबाट कुशल मल्ललाई साविकको विजेता समेत रहेको पोखरा पल्टनले १ लाख ५० हजारमा टिममा अनुबन्ध गर्दा पोखरालेनै आकाश चन्दलाई ५० हजारमा भित्राएको छ ।

यस्तै अनुबन्ध हुनेमा विक्रम शोबलाई चितवन राईनोजले १ लाख ३० हजारमा र बिक्रम भुषाललाई ५० हजारमा टिममा अनुबन्धित गरेको छ ।

यस्तै काठमाडौं गोल्डेन वारिवर्सले राष्ट्रिय टिमबाट खेलिसकेका सुवास खकुरेल र अमृत भट्टराईलाई टिममा भित्राएको छ । उनिहरुलाई टिमले जनही समान ५०/५० दिनेछ ।

यस्तै धनगढी ब्लुजले सुनम गौतम र अनिल खरेललाई समान ५०/५० हजारमा अनुबन्ध गर्दा शेर मल्ललाई ५० हजार र कमल खत्रीलाई ३० हजारमा वुटबल ब्लास्टरले भित्राएको छ ।

यस्तै बिराटनगरले दिलिप नाथलाई ७५ हजार र लोकेश बमलाई ५० हजारमा टिममा अनुबन्धित गरेको छ ।

अब रिलिज अर्थात टिमबाट बाहिर भएका खेलाडीहरुको सूची !

पोखरा पल्टन : दिपेश खत्री, बिक्रम भुसाल र दिभान्शु मल्लिक

चितवन राईनोज : शक्ति गौचन, सप्निल अधिकारी र आकाश थापा

बुटबल ब्लास्टार : सागर पुन, अनिल खरेल र प्रकास केसी

एक्स्पर्ट धनगढी ब्लुज : दिलिप नाथ, सन्तोष भट्ट र योगेन्द्र सिंह कार्की

विराटनगर टाईटन्स : जितेन्द्र सिँह ठकुरी,रोबिन जोशी र हिमान्सु दत्त

काठमाडौं गोल्डेन वारिवर्स : नरेस बुढाएर, सुमित झा र सुधिर चौधरी

प्रतिक्रिया दिनुहोस्