सन्दिपको आँखाको शल्यक्रिया : सन्दिपको ठाउँमा रोहितलाई मौका
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली राष्ट्रिय क्रिकेटका महत्वपूर्ण खेलाडी सन्दिप लामिछानेले आसन्न दक्षिण एसियायी खेलकुद ( साग ) गुमाउने भएका छ्न ।
पछिल्लो समय एकपछि अर्को विश्व चर्चित लिगमा ब्यस्त सन्दिपले आँखामा शल्यक्रिया गरेको हुँदा साग गुमाउन लागेका हुन ।
आँखामा समस्या देखिएपछी चिकित्सकको सल्लाह अनुसार उनले आँखाको शल्यक्रिया गरेका छ्न । र चिकित्सकको सल्लाह अनुसार ३-४ हप्ता पूर्णरुपमा आराम गर्नु पर्ने भएको हुँदा उनिले सागलाई गुमाएका हुन ।
सोमबार तिलगङ्गा अस्पतालमा उनको दुवै आँखाको शल्यक्रिया भएको थियो । उनले केहि समय देखी टाढाका वस्तुहरु धमिलो देख्दै आएका थिए र चश्मा लगाउनु पर्ने अवस्था आएपछि दीर्घकालीन समयलाई असर नगरोस भनेर उनले शल्यक्रिया गरेका हुन ।
सन्दिपले सहभागी जनाउन नसक्ने भएपछी युवा क्रिकेटर रोहित कुमार पौडेललाई स्थान दिईएको छ ।
यता राष्ट्रिय टिम सागका लागी तयार अबस्थामा रहेको छ ।
काठमाडौं किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने साग पुरुष क्रिकेटको पहिलो खेल नेपालले श्रीलंकासँग आउँदो १७ गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले १९ गते भुटानसँग खेल्नेछ । भने तेस्रो खेलमा नेपालले माल्दिभ्सको २० गते सामना गर्दा लिगको अन्तिम खेलमा नेपालले २१ गते बंगलादेशसँग खेल्नेछ ।
यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।
२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २४ गते हुनेछ । सागमा यसपटक पाकिस्तान र भारतबाहेक अन्य ५ टिमले सहभागी जनाउँदै छ्न ।
नेपाली टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिँह ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामी , रोहित कुमार पौडेल, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, मोहम्मद आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी र रासिद खान