वीरगन्ज प्रिमियर लिगको मिति सर्यो ! पुसको दोस्रो सातादेखि प्रतियोगिता सुरु हुने
काठमाडौं (अनलाइन खेलखबर )| आसन्न दक्षिण एसियायी खेलकुद ( साग ) र पोखरा प्रिमियर लिग ( पिपिएल ) का कारण वीरगन्ज प्रिमियर लिग (विपिएल) को पूर्व – निर्धारित समयमा स्थगन भएर अब पुस १४ गतेदेखि सुरु हुने भएको छ ।
प्रतियोगिताको लगभग तयारी सकिएको अबस्थामा अन्ततः खेलाडीहरुले मंसिर १५ देखी २४ गतेदेखि हुने साग र साग लगत्तै पोखरा प्रिमियर लिगमा केहि मुख्य खेलाडीहरु सहभागी हुने भएपछी प्रतियोगिता स्थगन गरिएको प्रतियोगिताका संयोजक प्रफुल्ल सागर प्रदानले जानकारी गराएका छ्न ।
पर्सा जिल्लास्थित विरगन्जको नारायणी क्रिकेट मैदानमा हुने प्रतियोगिता यसअघि आउँदो मंसिर १४ देखि २१ सम्म हुने भनिएको थियो ।
जसअन्तर्गत अहिले प्रतियोगिताको लागी अक्सनमार्फत खेलाडी छ्नोट समेत गरिसकेको छ ।
स्थानिय युनाइटेड क्रिकेट क्लबको आयोजनामा हुँदै आएको यस प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।
जसमा टिमका मार्की खेलाडीका रुपमा सिंह ११ लायन्समा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट लामो समय खेलिसकेका किर्तिमानी खेलाडी मेहबुब आलम रहेका छ्न ।
यस्तै विरगन्ज स्टारको मार्की खेलाडीमा नेपाली अबुभवी राष्ट्रिय खेलाडी हसिम अन्सारी रहेका छ्न भने डीसीसी स्टारको युवा खेलाडी रासिद खानले मार्की खेलाडीको रुपमा रहेका छ्न ।
भने ड्रार्गन साहिब दरबारको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका अनिल कुमार शाह तथा रौतहट राइनोजको राष्ट्रिय टिमबाट खेलिसकेका जितेन्द्र मुखिया र केआईइसी वीरगन्जको मार्की खेलाडीको रुपमा सुरज पटेल रहेका छ्न ।
रासिद सागका लागी राष्ट्रिय टिममा अहिले रहेका छ्न भने रासिद सहित अन्य केहि मार्की खेलाडीहरु पोखरा प्रिमियर लिगमा सहभागि जनाउँने छ्न । जसले गर्दा प्रतियोगिताको मिति परिवर्तन गर्न आयोजक बाध्य भएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार तथा उप -विजेता हुने टोलीले १ लाख ८० हजार नगद प्राप्त गर्नेछ ।
भने म्यान अफ द सिरिजले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०/१० हजार प्राप्त गर्नेछ्न ।