साग महिला क्रिकेट : नेपालको पहिलो खेल माल्दिभ्ससँग
काठमाडौं ( अनलाइन खेलखबर ) । आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनीक खेलतालिका अनुसार नेपालले पहिलो खेल माल्दिभ्सबिरुद्द खेल्ने भएको छ ।
पोखरास्थित पोखरा रंगशाला मैदानमा हुने खेलमा माल्दिभ्ससँग आउँदो १६ गते बिहान ११ बजेपछी नेपालले खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले १८ गते बंगलादेश सँग खेल्नेछ । खेल बिहान ९ बजेपछी सुरु हुनेछ ।
लिगको अन्तिम खेलमा नेपालले २० गते श्रीलंका सँग खेल्नेछ । खेल बिहान ११ बजेपछी सुरु हुनेछ ।
यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।
२१ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २२ गते हुनेछ । साग महिला क्रिकेटमा यसपटक पाकिस्तान ,भारत र भुटानले सहभागी नजनाउँने भएको हुँदा मात्र ४ टिमको सागमा प्रतिष्पर्दा रहने भएको छ ।
नेपाली टिम – रुविना क्षेत्री( कप्तान ) ,सिता राना मगर ( उप – कप्तान ) , इन्दु बर्मा,काजल श्रेष्ठ,करुणा भण्डारी,अप्सरी बेगम,सोनु खड्का,सरस्वती चौधरी,ममता चौधरी,अन्जली चन्द,सरिता मगर ,सुमन खतिवडा,रोमा थापा , डली भट्ट र कविता कुवर