Thu. Feb 22nd, 2024

काठमाडौं ( अनलाइन खेलखबर ) | युएईमा जारी टि -१० लिगमा अहिले पारस खड्काको टिम अबुधाबीले अर्का नेपाली खेलाडी सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सको सामना गरिरहेको छ ।

शेख जायद स्टेडियममा जारी खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको अबुधाबीले निर्धारित १० ओभर पुरै ब्याटिङ गर्दै मात्र २ विकेट गुमाएर १ सय २८ रन बनाएको छ ।

टिम अबुधाबीका लागी ल्यूक राइटले अबिजित रहदै सर्वाधिक धेरै ५७ रन बनाए । भने कप्तान मोईन अलिले ३५ रनको योगदान गरे । ल्युक र अलिबीच दोस्रो विकेटका लागी ९० रनको साझेदारी हुन पुगेको थियो ।

त्यसअघि पहिलो विकेटका रुपमा नाथन रिमिंगटनको बलमा अविष्का फर्नांडोलाई टिमले ३ रन बनाएर गुमाएको थियो । यस्तै अबिजित रहेका वेन मैडसेनले पनि २० रन बनाए ।

अब अबुधाबीले दिएको १ सय २९ रनको विजयी लक्ष्य पछ्याउँदै कर्नाटकाले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

यता यो लिगको आफ्नो अन्तिम खेलमा पारसले टिममा स्थान बनाउन सफल हुँदा सन्दिप भने बेन्चमा रहेका छ्न ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *