onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आज पारस र सन्दिपको टिम भिड्दै

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालीका दुई खेलाडी पारस खड्का र सन्दिप लामिछानेको टिम आज युएईमा जारी टि -१० लिगमा आमने -सामने हुँदैछ्न ।

नेपालका अनुभवी तथा पूर्व -कप्तान समेत रहेका पारस खडको टिम अबुधावीले युवा लेग स्पिनर सन्दिप लामिछानेको टिम कर्नाटकासँग प्रतिष्पर्दा गर्न लागेको छ ।

जारी लिगमा यि दुई टिमको भेट पहिलो पटक हुँदैछ । र लिगमा दुबै टिमको सन्तोषजनक प्रदर्शन पनि हुन सकिरहेको छैन ।

यस्तोमा आज नेपाली समय अनुसार रातिको पौने १० बजेपछी सुरु हुनेछ । जारी लिगको सुपर लिग जारी रहदा कर्नाटका अंकतालिकाको पुछारमा रहेको छ भने आबुधावी छठौं स्थानमा रहेको छ ।

यता आजको खेलमा पारस र सन्दिपमा खेल्ने मौका सन्दिपको नै बढी रहेको छ् । उनिलाई टिमले लगातार अन्तिम ११ मा स्थान दिईरहेको अबस्थामा पारसलाई भने टिमले सुरुवाती दुई खेल वाहेक अन्यमा खेलाएको छैन तसर्थ पारसको विषयमा भन्न अन्योल भएतापनि केहि सम्भावना भने पक्कै आज देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्