onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टि -१० लिग कतारमा पनि हुने : नेपालसहित एसोसियटका खेलाडीलाई प्राथमिकता दिईने

एजेन्सी – युएईमा टि -१० ले सफलता हासिल गर्दै गर्दा अर्को खाडी मुलुक कतारले पनि टि -१० लिग आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले समेत मान्यता दिईसकेको यस लिग आउँदो डिसेम्बर ६ देखी १८ सम्म सुरु हुने भनिएको छ ।

कतार क्रिकेट संघ ( क्युसिए ) को आयोजना प्रस्तावलाई आईसीसीले पहिलो पटकमा मन्जुरी दिएको छ । र यो सँगै कतारको यो पहिलो अन्तर्राष्ट्रिय स्तरको लिग हुनेछ जसमा कतार लगायतका टेस्ट राष्ट्र र विशेषगरी एसोसियटका खेलाडीहरुका लागी राम्रो अबसरको रुपमा यसलाई लिईएको छ ।

पछिल्लो समय कतारले क्रिकेटमा राम्रो गर्दै आएको बेला संघले क्रिकेट प्रतियोगिता सँगै आफ्ना खेलाडीहरु पनि अनुभव सँगै कतार क्रिकेटको बिकाशका लागी यसले सहयोग पुर्याउने भन्दै संघ आयोजना गर्न लागिपरेको हो ।

कतार क्रिकेट एसोसिएशन( क्यूसीए ) का अध्यक्ष यूसुफ जे अल-कुवारीका अनुसार आफ्नो प्रस्तावलाई आईसीसीले सकारात्मक दिदै स्वीकृत दिएकोमा कतारले क्रिकेटलाई प्रोत्साहन गरेको अनुभुत गरेको भन्दै आईसीसी प्रती आभार प्रकट गरेका छ्न ।

यसलाई उनले कतारको गर्वको रुपमा लिएको र यसले कतार क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने बिश्वास लिएका छ्न ।

लिग अत्याधुनिक एशियन टाउन इंटरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । जसमा ६ टिमको सहभागीता रहने छ ।

प्रतिक्रिया दिनुहोस्