onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टि -१० लिगको सुपर लिगमा आज पारस र सन्दिपको टिम खेल्दै

काठमाडौं ( अनलाइन खेलखबर ) | युएईमा जारी टि -१० लिगमा आज नेपालका दुई खेलाडी रहेको टिम अबुधावी र कर्नाटका टस्कर्सको खेल आज रहेको छ ।

अहिले लिगको सुपर लिग जारी रहेको छ । जसअन्तर्गत सुपर लिगको पहिलो खेलमा सन्दिपको टिम कर्नाटकाले मंरथा अरिबियन्ससँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार सवा ५ बजेपछी सुरु हुनेछ । यता आजको खेलमा सन्दिपलाई टिमले अन्तिम ११ मा समाबेश गर्ने प्रबल सम्भावना रहेको छ ।

यस्तै लिगको सुपर लिगको दोस्रो खेलमा पारस खड्काको टिम अबुधावीले पनि आजनै खेल्दै छ ।

डेक्कन ग्लैडिएटर्ससँग हुने खेल नेपाली समय अनुसार राती पौने १० बजेपछी सुरु हुनेछ ।

टिमले आजको खेलमा नेपालका पारस खड्कालाई टिमले अन्तिम ११ मा स्थान दिन्छ या दिदैन त्यो अनुमान लगाउँन गार्‍हो रहेको छ ।

अघिल्ला दुई खेलमा लगातार बेन्चमा राखेको अबुधावीले आज खेलाउनेमा पनि सम्भावना कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्