मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीद्रारा बिश्व – ११, ७२ रनले पराजित

मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीद्रारा बिश्व – ११, ७२ रनले पराजित

जेठ १८ , अनलाईन खेलखबर || अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसिसी ) को विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिज को राष्ट्रिय टोलीले ७२ रनले पराजित गर्न सफल भएको छ ।

इंग्ल्याण्डको लर्डस मैदानमा विहीबार भएको खेलमा पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित पुरै २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । विश्व ११ को बलिङमा नेपाल का युवा स्टार लेग स्पिनर सन्दीप लामिछाने ले आफ्नो अन्तर्राष्ट्रिय टि – ट्वान्टि डेब्ब्यु खेल मा उनले बलिगं १ ओभर मात्र बलिङ गर्दै १२ रन खर्चेका थिए ।

ओपनर एभिन लेविसले २६ बलमा ५८ रन जोड्दै आक्रामक सुरुआत दिलाएका थिए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । अर्का ओपनर क्रिस गेल १८ रन बनाए । यस्तै  मार्लोन स्यामुएल्स ४३ तथा दिनेश राम्दीन ले ४४ रन जोडेपछि वेस्ट इन्डिज ठुलो योगफल खडा गरेको थियो । आन्द्रे रसलले पनि १० बलमा ३ छक्काको मदतले २१ रन को महत्त्वपूर्ण पारी खेलेका थिए ।

यस्तै बलिग तर्फ विश्व ११ का रशिद खानले २ विकेट लिँदा मलिक र शहिद अफ्रिदीले १-१ विकेट लिए ।

जवाफमा विश्व ११ ले खराब सुरुआत लियो । एक समय ८ रनको स्थितिमा ४ विकेट गुमाएको विश्व ११ टोलीका लागि मध्यक्रममा थिसरा परेराले आक्रामक ब्याटिङ गरे । तामिम इकवाल ले २ रन बनाउदाँ लुक रोन्ची सुन्य रन मा आउट हुन पुगे यस्तै स्याम बिलिङ्स ले ४ रन र दिनेश कार्तिक ले पनि खाता खोल्न सकेनन । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडेपछि विश्व ११ ले सम्मानजनक योगफल तयार पारेको थियो ।

सन्दीपले १० औं नम्बरमा ब्याटिङ गर्दै ५ बलमा ४ रन जोडेर नटआउट रहे । टिमल मिल्स चोटका कारण ब्याटिङ गर्न नआउँदा सन्दीप अन्तिम खेलाडी भएका थिए । उनले मिचेल मक्लिनाघनसँग नवौं विकेटका लागि १९ रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि केज्रिक विलियम्सले ३ विकेट लिँदा स्यामुएल बद्रि र रसलले १-१ विकेट लिए ।

वेन्ड इन्डिजमा गतवर्ष अाएको समुन्द्रिक अाधीँले क्षति पुर्याएका रंगशालाको पुर्न निर्माणमा सहयोग पुर्याउने उदेश्यले अाइसीसीले अायोजना गरेको च्यारिटी खेललार्इ टी-२० अन्तराष्ट्रियको मान्यता समेत दिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *