onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै

काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा जारी एमर्जिङ एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किदै छ ।

टोली आज दिउँसो पौने १२ बजे विमान बंगलादेशमार्फत आईपुग्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सोमबार आयोजक बंगलादेशसँग ठुलो हार ब्यहोर्ने क्रममा ८ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

समूह`बि´ मा रहेको नेपालले समूहमा ३ खेल खेल्दा २ मा हार र एकमा जित हासिल गर्न सफल भयो ।

नेपाल पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित हुन पुगेको थियो भने दोस्रो खेलमा भने नेपालले हङकङमाथि ४० रनले विजयी हासिल गर्दा समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित हुन पुगेको छ ।

यता जारी प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा पाकिस्तान र भारत भिड्ने छ्न भने बिहिबार हुने दोस्रो सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानको सामना गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्