पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालका आठ खेलाडी पर्न सफल
काठमाडौं ( अनलाइन खेलखबर ) | विश्व क्रिकेटको चर्चित क्रिकेट लिग मध्यको एक पाकिस्तान सुपर लिग ( पिएसएल ) मा नेपालका ८ खेलाडीहरु ड्राफ्टमा समाबेश भएका छ्न ।
जसमा सन्दिप यसअघिनै ड्राफ्टमा रहेका थिए उनलाई प्लाटिनम’ श्रेणीमा राखिएको छ । जसको मूल्य न्युनतम १ लाख ४७ हजार अमेरिकन डलर देखि उच्चतम २ लाख १८ हजार अमेरिकन डलर रहेको छ ।
सन्दिप बाहेक नेपालका पारस खड्का सहित बिनोद भण्डारी, शरद भेसावकर, रोहित कुमार पौडेल, सोमपाल कामि, दिपेन्द्र ऐरि र आरिफ शेख ड्राफ्टमा पर्न सफल भएका हुन ।
उनिहरु सिल्भर (बाहिरी ) श्रेणीमा रहेको छ ।जसको मुल्य १५ देखी ३५ हजार अमेरिकन डलर मुल्य रहेको छ ।
यसअघि पाँच खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसीमार्फत पाकिस्तान क्रिकेट बोर्डलाई सिफारिस गरेको भएपनि आरिफ र बिनोदले मात्र ड्राफ्टका पर्न सफल भए ।
क्यानले नेपालबाट नेपालका करन केसी , पवन सरार्फ , ललित नारायण राजबम्शी, मोहम्मद आरिफ शेख र विनोद भण्डारीलाई सिफारिस गरेको थियो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले ड्राफ्टका लागि नेपालका खेलाडी पनि सिफारिस गर्न क्यानलाई अनुरोध गरेपछि क्यानले नेपाली पाँच खेलाडीलाई सिफारिस गरेको थियो ।
यता अर्को वर्ष फ्रेबेअरी २० देखि २२ मार्चसम्म चल्ने यस पाँचौ सस्करणको खेलाडी छ्नोट प्रक्रिया ड्राफ्ट आउँदो डिसेम्बर ६ र ७ तारिकमा आयोजना हुने तय रहेको छ ।