onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बंगलादेशसँग नेपाल निरिह सावित

काठमाडौं( अनलाइन खेलखबर ) | एमर्जिङ एसिया कपको समूह चरणको अन्तिम खेल खेलिरहेको नेपालले घरेलु टोली बंगलादेशसामु निरिह सावित हुँदै १३८ रनमा समिटिएको छ ।

उपाधिको प्रबल दाबेदार बलियो टिम बंगलादेशबिरुद्द ट्स हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा सिमित हुन पुग्यो ।

बंगलादेशको कसिलो बलिङ सामु नेपालका ब्याट्सम्यानले सुरुवात देखी नै खुलेर खेल्न सकेनन ।

६.५ ओभरमा टिमको स्कोर ३३ रन हुँदा पहिलो विकेटको रुपमा आउट हुन पुगेका ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई टिमले १० रनमा गुमाएपछि टिमको विकेट पतनको सिलसिला सुरु हुन थाल्यो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल पनि २२ रन बनाएर आउट हुन पुगे ।

मल्ल पछि क्रमश : आउट हुन पुगेका शरद भेषावकरले १ रन , दीपेन्द्र सिँह एरि ६ रन , मोहम्मद आरिफ शेखले११ रन , सन्दिप जोरा सुन्य रन , पवन सरार्फ ९ रन, बिनोद भण्डारी ८ रन बनाए ।

अत्यमा टिमका लागी सोमपाल कामी र करन केसिले राम्रो ब्याटिङ गर्दै टिमको योगफल बढाउन राम्रो भूमिका निर्वाह गरे । करनले १८ रन बनाउँदा सोमपालले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ३८ रन जोडे ।

नेपाली ब्याटिङ ध्वत पार्ने क्रममा बंगलादेशका सयद मिनहाजुल अबेदिन र सुमोन खानले सर्बाधिक ३ /३ विकेट लिए भने मेहन्दी हसन र मोहम्मद तन्बिर ईस्लामले पनि २/२ विकेट लिए ।

यसअघि भारतसँग पराजित र हङकङलाई पराजित गरेको नेपाल यो प्रदर्शनसँगै प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *